राजनितिक अपराधिकरणका कारण कानुन कार्यान्वयनमा चुनौती : सांसद कोइराला
गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले राजनितिक अपराधिकरणका कारण कानुन कार्यान्वयनमा चुनौती थपिएको बताउनुभएको छ ।
लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत इन्सेक, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा जातीय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद कोइरालाले राजनितिक र सामाजिक अपराधीकरण बढेको भन्दै कानुनको कार्यान्वयन गराउन सबै पक्ष दृढ भएर लाग्नुपर्ने भनाइ राख्नुभयो । अधिकार दिएर मात्रै लिने नभइ, खोस्नुपर्ने विषय रहेको उहाँको भनाइ थियो ।
व्यवस्था परिर्वतनका लागि महिलाहरुको ठूलो योगदान रहेको बताउँदै परिर्वतनको संवाहक भनेको महिला रहेकाले अबको महिला अधिकार माग्ने र दिने स्थानमा पुग्नुपर्ने भनाइ राख्नुभयो ।
सामाजिक विकास मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले तल्लो/माथिल्लो जात भन्ने व्यवस्था शिक्षा र सामाजिक व्यवस्थाका कारणले सिर्जना भएको बताउँदैं मानसिकतालाई परिर्वतन हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले कोभिड–१९ ले कुनै वर्ग वा जातलाई नभइ समग्र मानव जातिलाईनै असर गरेको भनाइ राख्नुभयो ।
समाजको मानसिकता परिवर्तन गर्ने विषय तत्कालै सम्भव नहुने र समय लाग्ने हुँदा लैङ्गिक तथा जातीय विभेदका विषयमा निरन्तर खबरदारी आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी निर्देशक चन्द्र चापागाईले महिला सँगसगै ज्येष्ठ नागरिकहरु पनि हिंसामा परेको कुरा बताउनुभयो ।
उहाँले कोभिड–१९ को सक्रमणमा पुरुषको सङ्ख्या धेरै देखिएको भएपनि महिला, बालबालिका र ज्येष्ठ नागरिकहरु समस्यामा देखिएका छन् । उहाँले भन्नुभयो –‘जातीय विभेद र हिंसा न्यूनीकरण गर्न कानुन बनेको भएपनि कानुन कार्यान्वयनमा लानुपर्छ, भएको विद्यमान कानुन राम्ररी कार्यान्वयन गर्न सकियो भने हिंसा न्यूनीकरण गर्न सकिन्छ ।’
महिला तथा बालबालिका सेवा केन्द्र की इन्स्पेक्टर चोनु गुरुङले लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय निकायको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
उहाँले स्थानीय सरकारलाई अधिकार दिएपनि त्यसको कसरी उपयोग गर्ने भन्न्नेबारे अन्यौलता रहेको बताउँदै लैङ्गिक र घरेलु हिंसाको न्यायिक प्रक्रियामा स्थानीय सरकारको पनि सक्रिय भूमिका रहनु आवश्यक रहेको भनाइ राख्नुभयो ।
अखिल नेपाल महिला सङ्घ कास्की अध्यक्ष सुशिला पराजुलीले १६ दिने अभियानका बेला मात्रै नभइ सधैं जसो महिला र लैङ्गिक अधिकारका लागि लडिरहेको बताउनुभयो ।
उहाँले कोभिड–१९ पछिको विषम् अवस्थामा महिला र बालबालिकालाई मानसिक, आर्थिक, सामाजिक असर परेको बताउँदै राज्यले उनीहरुको उचित व्यवस्थापनमा जोड दिनुपर्ने भनाइ राख्नुभयो ।
महिला सङ्घ कोषाध्यक्ष दिलमाया कोइरालाले जातीय विभेद अन्त्यका लागि आफैबाट परिर्वतन आवश्यक रहेको बताउनुभयो ।
उहाँले परिवार, छिमेक हुँदै समाज परिर्वतनका लागि बोलीमा हैन व्यवहारमा लागु गरिनुपर्ने भनाइ राख्नुभयो ।
एड्भोकेसी फोरमकी कुन्जनी परियारले जातीय विभेद सम्बन्धी कानुनी व्यवस्था बारे प्रस्तुतीकरण गर्दै रहेको कार्य मानसिकतामा परिर्वतन र एक अर्काको अस्तित्व स्विकार गर्ने अवस्था नबनेसम्म जातीय विभेद अन्त्य नहुने बताउनुभयो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले कार्यक्रम गण्डकी प्रदेशका ११ ओटै जिल्लामा सम्पन्न गरिने बताउनुभयो .।
उहाँले विभेदलाई अन्त्य गर्ने सवालमा इन्सेकले निरन्तर कानुनी सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आइरहेको भनाइ राख्नुभयो ।
शान्तिको लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बरालले यस्ता कार्यक्रमहरु गाउँगाउ सम्म पुर्याउँदा सबैलाई जिम्मेवार र जवाफदेही बनाउन आवश्यक रहेको कुरा बताउनुभयो ।
सुशन घिमिरे
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…