यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चिततामा जोड
यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चित गर्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर ३० गते भर्चुअलमार्फत आयोजना गरेको दलित, महिला, सिमान्तकृत समुदाय र यौनिक अल्पसंख्यकहरूको अधिकार मुलप्रवाहीकरण कार्यशालामा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् ।
सहभागीहरूले युगौंदेखि राज्य, समाज र घरपरिवारबाट अपहेलित हुन पुगेका यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चितताका लागि राज्य, नागरिक समाज र घरपरिवार जिम्मेवार बन्नुपर्ने उल्लेख गरेका थिए ।यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चित गर्न उनीहरूको पहिचानलाई मान्यतादिई समाजमा खुला रूपमा घुलमिलहुने वातावरण सिर्जना गर्न सबै पक्ष लाग्नुपर्नेमा सहभागीहरूको जोड थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले दलित, महिला, सिमान्तकृत समुदाय र यौनिक अल्पसंख्यकहरूको अधिकारलाई मुलप्रवाहीकरणमा ल्याउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताउनु भयो ।
दलित, महिला र सिमान्तकृत समुदायको अधिकारको मुलप्रवाहीकरणको विषयमा अधिकारकर्मी सुशिल चौधरी तथा यौनिक अल्पसंख्यकहरूको अधिकारको मुलप्रवाहीकरणको विषयमा परिना चौधरीले सहजीकरण गरेको कार्यशालामा दलित, महिला, सिमान्तकृत समुदाय, यौनिक अल्पसंख्यक, नागरिक समाज र सञ्चारकर्मी गरी २९ जनाको सहभागिता रहेको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव…
इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…