यूवा र विद्यार्थीबीच मानव अधिकार अनुशिक्षण सम्पन्न
वीरेन्द्रनगर नपा–११ स्थित नेपाल राष्ट्रिय चन्द्रगंगा मावि गागे्रतालका कक्षा ११ र १२ का यूवा र विद्यार्थीलाई मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार विषयक अनुशिक्षण कार्यक्रम फागुन २० गते सम्पन्न भएको छ ।
इन्सेक कर्णाली प्रदेशद्धारा संचालित पारस्परिक जवाफदेहिता : मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत यूवा र विद्यार्थीलाई सो विषयमा अनुशिक्षण दिइएको हो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका पूर्व डिन एवम् नागरिक सरोकार केन्द्रका अध्यक्ष पिताम्बर ढकालले मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार तथा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले सामाजिक उत्तरदायित्वको विषयमा सहजीकरण गर्नु भएको थियो ।
युवाहरूलाई मानव अधिकार शिक्षाको विषयमा सचेतीकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवारमा मानव अधिकारमैत्री संस्कारको विकास गरी उनीहरूलाई मानव अधिकार संरक्षण सम्बद्र्धनमा समर्पित गराउने उद्देश्यले आयोजित अभिमुखीकरणमा सो माविका ४१ जना यूवा विद्यार्थीको सहभागिता रहेको थियो ।
मानव अधिकारको सिद्धान्त तथा मानव अधिकारमैत्री व्यवहारलाई सुदृढीकरण गरी विद्यालयमा मानव अधिकार संस्कृतिको विकास गर्न यमुना रेग्मीकोे संयोजकत्वमा ११ सदस्यीय यूवा मानव अधिकार समूह गठन गरिएको छ ।
समूहको सदस्यहरूमा प्रविना चौधरी, आशा वास्तोला, रेजिना रेग्मी, ज्योती दाहाल, भगवती खडका, अर्जुन शर्मा, भुपेन्द्र तिवारी, नवीन आचार्य, टिकाराम शर्मा र अर्जुन आचार्य रहेका छन् ।
कार्यक्रम नेरा चन्द्रगंगा मावि विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो माविका प्रद्यानाध्यापक नेत्रमणि चालिसेले घरपरिवार विद्यालय र समुदायमा मानव अधिकार मैत्री संस्कारको विकास नभएसम्म सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनुभयो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा माघ १२ गते कोशी गाउँपालिकामा खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित मानव अधिकार समूहको सहकार्य तथा कोशी गाउँपालिकाको…
सहज स्वास्थ्य पहुँचको लागि विनयीत्रिवेणी गाउँपालिका प्रतिवद्ध छ ։ अध्यक्ष जिसी
विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले स्वास्थ्य सेवामा सबैको सहज पहुँच स्थापनाको लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयीत्रिवेणी गाउँपालिकामा भएको स्वास्थ्यको…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक…
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…