युवा नेतृत्व क्षमता विकास तालिम सुरू
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत र नोरेक एक्सचेञ्जको आयोजनामा दुई दिने युवा नेतृत्व क्षमता विकास तालिम मङ्सिर ४ गते वीरेन्द्रनगरमा सुरू भएको छ ।
तालिममा गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष घनश्याम केसीले समाज परिवर्तनमा युवाहरूको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले युवाहरूको बीचमा मानव अधिकारको सैद्धान्तिक ज्ञानको बारेमा जानकारी दिई सभ्य समाज निमार्णमा युवाहरूलाई समर्पित नगराएसम्म मुलुकको समग्र विकास नहुने बताउनु भयो ।
तालिममा मानव अधिकार संरक्षणमा युवाको भुमिका, नेतृत्वको अभ्यास तथा सिद्धान्त, मानव अधिकारको परिचय तथा सिद्धान्त, प्रभावकारी सञ्चार र सहकार्यात्मक सञ्जाल तथा पैरवीका विषय समेटिएका थिए । तालिममा वीरेन्द्रनगर नगरपालिकाका २० जना युवाहरूको सहभागिता रहेको छ ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकहरूको अवस्थाका विषयमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ८ गते परासीमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला…
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया गुल्मीमा वैशाख ८ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधि टोपलाल अर्यालले गृह मन्त्रालयले हालै जारी गरेको ‘मानव…
मानव अधिकार संयन्त्रसम्बन्धी तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षक र नागरिक समाजका प्रतिनिधिहरुलाई मानव अधिकार संयन्त्रसम्बन्धी पाँच दिने तालिम वैशाख ७…
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम वैशाख ७ गते…
मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणमा राज्यको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ६ गते तानसेनमा सम्पन्न गरिएको छ । कार्यक्रमका वक्ताहरूले नागरिक…