युवालाई स्वदेशमै रोजगारीको लागि पहल गर्ने प्रतिबद्धता
जिल्लाका युवालाई स्वदेशमै रोजगारीको लागि पहल गर्नका लागि शैक्षिक प्रमाणपत्र धितो राखी स्थानीय तहबाटै ऋण उपलब्ध गराउन पहल गरिने एक कार्यक्रममा प्रतिबद्धता जनाइएको छ ।
इएलपी कार्यक्रम अन्तर्गत गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजना तथा इन्सेक सुर्खेतको समन्वयमा असार ४ गते सम्पन्न जिल्ला स्तरीय बहस/सम्वाद कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
इन्सेकद्वारा गठित जनसेवा मावि साहारेका युवा समूहले पहिचान गरेका युवा लक्षित कार्यक्रमको बजेट पछाडि पारिएका युवासम्म नपुगेको विषय उठाइएपछि जिल्ला युवा समिति सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेतले राष्ट्रिय युवा नीति अनुरुप जिल्लाका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
जिल्ला युवा समिति, जिल्ला समन्वय समिति, कृषि, शिक्षा, स्वास्थ्य, पशु, महिला तथा बालबालिका कार्यालयका प्रमुख एवम प्रतिनिधि, अधिकारकर्मी जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका पदाधिकारी, सञ्चारकर्मी र नागरिक समाजको उपस्थितिमा सम्पन्न कार्यक्रममा इन्सेकद्वारा गठित गाविस स्तरीय मानव अधिकार निगरानी समूह, युवा समूह र बाल अधिकार चेतना समूहले पहिचान गरेका शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकारको सवालका बारेमा समेत छलफल भएको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा माघ १२ गते कोशी गाउँपालिकामा खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित मानव अधिकार समूहको सहकार्य तथा कोशी गाउँपालिकाको…
सहज स्वास्थ्य पहुँचको लागि विनयीत्रिवेणी गाउँपालिका प्रतिवद्ध छ ։ अध्यक्ष जिसी
विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले स्वास्थ्य सेवामा सबैको सहज पहुँच स्थापनाको लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयीत्रिवेणी गाउँपालिकामा भएको स्वास्थ्यको…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक…
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…