मौलिक हक कार्यान्वयन नहुदाँ शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार उपभोग गर्न नसकेको गुनासो

  ०७६ पुस १४ गते

मौलिक हक कार्यान्वयन नहुदाँ शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार उपभोग गर्न नसकेको  स्थानीयहरूले गुनासो गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) कपिलवस्तु र मानवअधिकार समूह बुद्धभुमिले पुस १३ गते आयोजना गरेको शिक्षा, स्वास्थ्य ,खाद्य तथा आवासको अधिकार र मानव अधिकारको अवस्था विषयक अन्तक्रियाका   सहभागिहरूले उक्त गुनासो गरेका हुन् ।
आधारभुत तह सम्म निशुल्क र अनिवार्य तथा माध्यमिक तह निशुल्क मौलिक हकमा व्यवस्था गरेको भएपनि विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी दिन नसक्दा विद्यालयहरू विभिन्न नाममा रकम उठाउन बाध्य रहेको बुद्धभुमि नपा शिक्षा शाखा प्रमुख लिलबहादुर राउतले बताउनु भयो । उहाँका अनुसार अहिले पनि विद्यालयले २ हजार देखि १० हजार रूपियाँ पारिश्रमिक दिएर निजि श्रोतमा शिक्षक राख्नु परेको छ ।
स्वास्थ्य शाखाका प्रतिनिधि गोकर्ण अर्यालले स्वास्थ्य संस्थाहरूका औषधिको अभाव कायमै रहेको भन्दै सरकारले स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि निशुल्क भने पनि अहिले सम्म आफुले ३५प्रकाका औषधि आफुले नपाएको बताउनु भयो । उहाँका अनुसार बुद्धभुमि  नगरपालिकामा –७,८,१०मा २० देखि २५ प्रीतिशत बालबालिका कुपोषित रहेको र ५० प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको बताउनु भयो । यसैगरी वडा नम्बर ४मा नगरपालिका र स्वाथ्य चौकीको एउटै गेट भएका कारण गर्भवती महिलालाई समस्या भएकोले फरक ठाँउमा स्वाथ्य चौकी हुनु पर्ने बताउनु भयो । कृषि शाखाका प्रतिनिधि देविराम बेलबासेले कृषिमा सरकारले कम बजेट विनियोजन गर्दा किसानहरूका समस्या समाधान गर्न समस्या परेको बताउनु भयो । सरकारले प्रयाप्त मल, बिउ समयमा उपलब्ध नगराउदा कृषकहरू मर्कामा परेको बताउनु भयो ।
यस्तै कार्यक्रममा वडा अध्यक्ष पवन कुमार थारूले  स्थानीय तहबाट जनताले धेरै  कुराको अपेक्षा राख्ने गरेको बताउदै  संघीय सरकारको सिमित बजेटबाट काम गर्नु पर्ने बाध्यता रहेकोले सेवाग्राहीले उठाएका विषयहरूमा इन्सेकले प्रदेश सरकार र संघीय सरकारसँग अन्तरक्रिया गर्न  सुझाव दिनु भयो ।

पार्वती आचार्य