मौलिक हक अनुसार कानुन बन्न नसक्दा नागरिकहरू अधिकारबाट बञ्चितःप्रदेश सभा सदस्य
मौलिक अधिकार बमोजिम कानुन बन्न नसक्दा नागरिकहरू अधिकारबाट बञ्चित भएको लुम्बिनी प्रदेश सभा सदस्य रिना नेपालले बताउनु भएको छ । कपिलवस्तु नगरपालिका, इन्सेक र मधेस मानव अधिकार गृह लगायत सङ्घ संस्थाहरूको आयोजनामा मङ्सिर २५ गते आयोजित महामारीमा मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया एवं लैङ्गिक हिंसा विरूद्धको १६ दिवसिय अभियानको समापनमा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
प्रदेश सभा सदस्य नेपालले प्रदेश र स्थानिय तहले ठोस निती बनाउन नसक्दा महिला, एकल महिला र सबै जातजातीका महिलाहरूले हक अधिकार प्राप्त गर्न नसकेको बताउनु भयो । लैंगिक हिंसा, घरेलु हिंसा सम्बन्धि कानुन बने पनि पीडितहरूले अनुभुति गर्न नसकेको बताउनु भयो ।
नेपाले सिमान्तकृत र अल्पसङ्ख्यक समुदायहरूलाई लक्षित गरेर विभिन्न सचेतना मूलक कार्यक्रमहरू गर्न सकेमात्र लङ्गिंक हिंसालाई न्यूनिकरण गर्न सकिने दाबी गर्नु भयो ।
कपिलवस्तु नपाका उप सचिव हरि प्रसाद ज्ञवालीले मौलिक अधिकार सम्बन्धि कार्यविधि बनाएर अगाडि बढ्ने बताउनु भयो ।
यसैगरी, कपिलवस्तु नगरपालिमा हिंसा न्यूनिकरण गर्नका लागि अभियानमा उल्लेखनिय योगदान पु¥याएको भन्दै नगरपालिकाले मानव अधिकार निगरानी समूहका जिल्ला संयोजक पुष्पा रेग्मी लगायते १६ जनालाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
माहुरी होमका बसन्त बञ्जाडेले मानव अधिकारको अवस्थाको बारेमा कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…