मिडिया उपयोगिता बारे छलफल
जातीय विभेद समस्या न्यूनीकरण गर्न मिडियाको उपयोगिता विषयमा चैत ८ गते दैलेखमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मार्च २१ तारिकमा मनाइने अन्तर्राष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन ५५ औं दिवसको अवसरमा सुन्दर नेपाल, इन्सेक र राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्वारा चैत ८ गते दैलेखमा सरोकारवाला निकायबीच अन्तरक्रिया भएको हो ।
नेपाल मजदूर किसान पार्टीका जिल्ला सचिव लक्ष्मीकुमार बिकले नेपालका दलित समुदाय माथि सामाजिक रुपमा जातीय विभेद र आर्थिक रुपमा वर्ग विभेद दोहोरो शोषणमा परेको बताउनुभयो ।
नेपाल मजदूर किसान पार्टीका जिल्ला सचिव लक्ष्मीकुमार बिकले नेपालका दलित समुदाय माथि सामाजिक रुपमा जातीय विभेद र आर्थिक रुपमा वर्ग विभेद दोहोरो शोषणमा परेको बताउनुभएको छ ।
सुन्दर नेपाल संस्था, इन्सेक र राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको आयोजनामा दैलेख सदरमुकाममा आज भएको मिडियामा दलित सवाल अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
त्यसबखत नारायण नपा–३ का वडासदस्य हर्कबहादुर नेपालीले नेपालमा जात व्यवस्थाको प्रभाव राजनीति र स्थानीय सरकार सञ्चालनमा समेत परेको औल्याउनुभयो । ‘दलित समुदायबाट जनप्रतिनिधि छौं तर हाम्रो प्रस्तावको विषयमा छलफल हुदैन’ उहाँले टिप्पणी गनुभयो ।
महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिकले जातीय विभेद समस्याहरू सञ्चार माध्यममा आएका छन् तर दलितको जीविका र सङ्घर्षको पाटो मिडियाले केलाउनुपर्ने सुझाव दिनुभयो ।
सिल्पी समाजका संयोजक बखत नेपालीले दलित समुदायको शैक्षिक विकास र आर्थिक उपार्जनमा ध्यान दिनुपर्ने औल्याउनुभयो । त्यसबखत पत्रकार बिशाल सुनारले पुख्र्यौली पेशा आधुनिकीकरण गर्न नसकेको कारण दलित समुदायको आर्थिक स्तर खस्कँदै गएको बताउनुभयो ।
राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका जिल्ला अध्यक्ष पृथ बयलकोटीको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र सुन्दर नेपाल संस्थाको पारस्परिक जवाफदेहिता परियोजनाका जिल्ला संयोजक यज्ञराज थापाले दलितका सवाल र मिडियाको भूमिका विषयमा प्रकाश पार्नुभएको थियो ।
दलित अगुवा मोहन सुनार, व्यवसायी दुर्गबहादुर सुनार, राष्ट्रिय दलित पत्रकार संघ नेपालका जिल्ला उपाध्यक्ष टोपबहादुर सुनारले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…