मानव अधिकार सुदृढीकरण परियोजनाको वार्षिक समीक्षा सम्पन्न

  ०७७ मङ्सिर १४ गते

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले कुनैपनि परियोजनाको कार्यक्रम सम्पन्न सँगै त्यसलाई प्रभावकारी र उपलव्धिमुलक बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।

इन्सेकद्वारा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित मानव अधिकार सुदृढीकरण परियोजनाको मङ्सिर १४ गते वीरेन्द्रनगरमा सम्पन्न वार्षिक समीक्षा कार्यक्रमलाई भर्चुअलमार्फत सम्बोधन गर्दै कार्यकारी निर्देशक गौतमले सो कुरामाजोड दिनु भएको हो ।

कार्यकारी निर्देशक गौतमले परियोजना तयार गर्दा संस्थाले लिएको उद्देश्य नीति तथा लक्ष्य प्राप्तिका लागि कार्यक्रमको उपलव्धिबाट मात्र संस्था र लक्षित वर्ग लाभान्वित हुने उल्लेख गर्नु भयो ।

Skt photo 20201129
कार्यक्रममा इन्सेकका मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईले परियोजनाको उद्देश्य तथा लक्ष्य प्राप्त गर्न व्यवस्थित योजना  र प्रतिबद्धताको खाँचो रहेको बताउनु भयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले वीरेन्द्रनगर नपाको मानव अधिकार सुदृढीकरण गर्न परियोजनाले अहम भूमिका निर्वाह गरेको बताउनु भयो ।

20201129 Photo

समिक्षा कार्यक्रममा मानव अधिकार सुदृढीकरण परियोजना संयोजक कृष्णप्रसाद नेपालले केन्द्र तथा इन्सेक कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले प्रदेशको परियोजनाको वार्षिक प्रगति, उपलब्धी, सिकाई तथा आगामी रणनीति प्रस्तुत गर्नुभएको थियो ।

इन्सेकका वरिष्ठ अधिकृत सम्झा श्रेष्ठले परियोजनाको प्रमुख उपलब्धी, व्यवस्थापन विभाग प्रमुख सुभेच्छा खडकाले परियोजनाको क्रियाकलाप र लेखा अधिकृत सुधा पौडेलले लेखा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

दुर्गा थापा