मानव अधिकार सशक्तिकरण तालिम सुरू
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा दलित, सिमान्कृत र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि दुई दिने मानव अधिकार सशक्तिकरण तालिम मङ्सिर १७ गते वीरेन्द्रनगरमा सुरू भएको छ ।
तालिमको सुरुवात गर्दै इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले सिमान्तकृत समुदाय दलित, लोपोन्मुख तथा यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चितताका लागि सोही समुदायलाई सशक्त बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा अधिकारकर्मी सुशिल चौधरीले दलित, सिमान्तकृत, धार्मिक अल्पसंख्यक र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चित नभएसम्म मुलुकमा दिगो शान्ति स्थापना हुन नसक्ने उल्लेख गर्नु भयो । तालिममा दलित, सिमान्तकृत, यौनिक अल्पसंख्यक र हिंसा पीडित महिलाहरुको सहभागिता रहेको छ ।
अधिकारकर्मी सुशिल चौधरीले सिमान्कृत समुदाय, दलित, मुस्लिम, यौनिक तथा लैङ्गिकसंख्यकहरूको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको विषयमा र बालिका चौधरीले मानव अधिकार वकालतका लागि सहकार्यात्मक नेतृत्वको विषयमा गर्ने इन्सेक कर्णाली प्रदेशका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले जानकारी दिनु भयो ।
यस्तै पवित्रा शाहीले मानव अधिकार उपभोगमा सिमान्तकृत समुदायको चुनौति र प्राप्तिका रणनीतिहरू र नारायण विकले वीरेन्द्रनगर नपाको दलित समुदायको मुद्दा वकालतको रणनीति तथा परिना चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको सवाल वकालतका उपायहरूको बारेमा सहजीकरण गर्ने अधिकृत चौधरीले बताउनुभयो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…