मानव अधिकार समूहले उठाएका सवालमा नगरप्रमुखले सम्बोधन गर्ने प्रतिवद्धता

  ०७६ फागुन २२ गते

मानव अधिकार समूह सल्यानले शिक्षा र स्वास्थ्यका विषयमा उठाएका सवालमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउदै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द इन्सेकले शारदा नगरपालिकामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम इएलपी परियोजना अन्तरगत मानव अधिकार समूहले नगरपालिकामा फागुन २२ गते ध्यानाकर्षण–पत्र बुझाएको हो ।

समूहका संयोजक मुना हमालद्वारा हस्ताक्षरित ध्यानाकर्षण–पत्रमा नगरमा हालसम्म स्वास्थ्य नीति नभएकाले स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्ने, नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन भन्ने व्यवस्था भएपनि विद्यालयहरूमा मनपरी रुपमा शुल्क लिइरहेको अवस्था देखिएकाले शिक्षाको अधिकार प्राप्तकालागि पहल गरिनुपर्ने लगायतका विषय समावेश गरिएको छ ।

यसैगरी उक्त ध्यानाकर्षण पत्रमा वर्षको एकपटक विद्यालयमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट बालबालिकाको स्वास्थ्य परीक्षण गरिनुपर्ने व्यवस्था भएपनि नगरभित्रका कुनैपनि विद्यालयमा स्वास्थ्य परिक्षण नभएकाले सोको कार्यान्वयनको व्यवस्था गरिनुपर्ने, सबै विद्यालयहरूमा सेनेटरी प्याडको व्यवस्था गरिनुपर्ने, सल्यान कारागारमा रहेका कैदी बन्दीहरूको लागि कारागार भित्रै स्वास्थ्य परिक्षणकालागि आवश्यक पहल गरिनुपर्ने विषयहरू समावेश गरिएको संयोजक हमालले जानकारी दिनुभयो ।

परियोजना अन्तरगत स्थानीय सरकारले प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य, खाद्य अधिकार सम्बन्धका सेवाहरू र ती सेवा प्राप्तिमा जनताको पहुँच बृद्धी गर्न आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा सरोकारवालाहरूले दिएको सुझाव, सल्लाह, नगरपालिकाले गरेका प्रतिवद्धता तथा मानव अधिकार समूहको स्थलगत अनुगमनका क्रममा देखिएका सवाललाई सुधारकालागि पहल गर्न मानव अधिकार समूहको तर्फबाट यो ध्यानाकर्षण पत्र पेश गर्दछौ, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र बुभ्mदै नगर प्रमुख सुरेश अधिकारीले नगरभित्र रहेका समस्याका विषयमा आप्mनो गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । उहाँले ध्यानाकर्षण पत्रमा भएका समस्या सम्बन्धमा छिट्टै जानकारी लिई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकी, इएलपी परियोजनाका जिल्ला सहजकर्ता रामचन्द्र रेग्मी, मानव अधिकार समूहका सदस्य लगायतको सहभागिता रहेको थियो ।

20200305 Salyan 111

 

मिना बुढाथोकी