मानव अधिकार समूहद्वारा समस्या पहिचान गरि योजना निर्माण सम्पन्न

  ०७६ फागुन २३ गते

मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि राज्यको जवाफदेहीता तथा जनताको सहभागीता अभिवृद्धिको लागि  बागलुङको जैमिनीमा समस्या पहिचान तथा योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जैमिनी नगरपालिकामा गठन गरेको मानवअधिकार समूहका सदस्यहरुले नगरपालिका भित्र रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको समस्या पहिचान गरेका हुन् ।

कार्यक्रममा शिक्षाको क्षेत्रमा नगरमा भएको विद्यालयहरुको नियमीत अनुगम गर्न आवश्यक रहेको भन्दै सिकाइ उपलब्धी बृद्धि गर्न शिक्षक, अभिभावक र विद्यार्थीहरु बीच सचेतना कक्षा हुन जरुरी रहेको बताइएको छ । विद्यालय भित्र जंक फुडको प्रयोग भइरहेको हुँदा त्यसलाई न्यूनिकरण गर्नुपर्ने भएकोले बैठकले समस्याको समाधानका लागि योजना निर्माण गरेको छ ।

यसैगरी स्वास्थ्य चैकीमा सरकारले निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधीहरुको नियमित रुपमा उपलब्ध गराउन पर्ने र आगामी दिनमा सेवाबाट बञ्चित हुन नदिन अग्रिम सावधानी अपनाउनु पर्ने बनाइएको छ ।

समूहका अध्यक्ष मेघराज ढकालले जैमिनी नगरपालिकाको नियमीत बजार अनुगमन नभएको भन्दै नगरमा अखाद्य बस्तुको विक्री वितरण भइरहेको भन्दै यी समस्या समाधानको लागि पूर्वतयारी गर्नुपर्ने बताउनुभयो ।

मानवअधिकार समूहका अध्यक्ष मेघराज ढकालले जैमिनी नगरपालिकाका सबै विद्यालयहरुमा प्राथमिक उपचारको लागि सामाग्री उपलब्ध गराउन नगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको डर सामान्य नागरिकमा बढिरहेको भन्दैं आवश्यक तयारीको साथ बजार अनुगमन र स्वास्थ्य तथा खाद्यन्न सामाग्रीको उपलब्धता बढाउनको लागि नगरपालिकालाई पहल गर्ने निर्णय गरेको छ ।

photo20200306Baglung1

photo20200306Baglung2

सिर्जना पन्त