मानव अधिकार समूहद्वारा शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका समस्या पहिचान

  ०७६ माघ १९ गते

मानव अधिकार समूहद्वारा शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रमा रहेका  समस्या पहिचान गरिएको छ । इन्सेक नेपालगञ्ज र मानव अधिकार समूहको  आयोजनामा माघ १७ गते बाँसगढी नगरपालिकामा आयोजित कार्यक्रममा  सवाल पहिचान गरि कार्ययोजना निर्माण गरिएको हो ।

कार्यक्रममा बाँसगढी नगरपालिका अन्तरगतका विद्यालयमा  विद्यार्थीको अनुपातमा शिक्षक नभएको, स्वच्छ खानेपानीको व्यवस्थामा नभएका,े अभिभावक, विद्यार्थी र शिक्षकबीच अन्र्तक्रिया हुन नसकेको । विद्यालयहरूमा सम्बन्धित निकायबाट अनुगमन हुन नसकेको । विद्यालय व्यवस्थापन समिति सक्रिय नभएको । विद्यालयमा शैक्षिक सामाग्रीको प्रयाप्त मात्रामा व्यवस्था हुन नसकेको लगायतका समस्या पहिचान गरिएका छन् ।

त्यसैगरी स्वास्थ्य बिमा प्रभावकारी नभएको,  सेवा ग्राहीले निशुल्क औषधि पाउन नसकेको, उपभोतmा हित संरक्षण समिति गठन हुन नसकेको, कृषि क्षेत्रमा मल, बिउ,  सिचाई लगायतका समस्या पहिचान गरिएको मानवअधिकार समूहका संयोजक जनक परियारले बताउनु भयो । पहिचान गरिएका समस्या समाधानकालागि स्थानीय स्तरमा पहल गर्ने परियारले बताउनु भयो ।

इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन  सरस्वती मल्लले सहजिकरण गर्नु भएको थियो ।  कार्यक्रममा बालअधिकार चेतना समूह, शिक्षक, मानवअधिकार समूह, कृषक, जनप्रतिनिधि, नागरिक समाजका सदस्यहरुको सहभागिता रहेको थियो ।

 

 

मानबादुर चौधरी