मानव अधिकार समूहद्वारा योजना निर्माण

  ०७६ माघ २४ गते

इन्सेकद्वारा बढैयाताल गाउँपालिकामा गठित मानव अधिकार समूहले  माघ २४ गते शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रमा रहेका समस्याहरूको  पहिचान गरी योजना निमार्ण गरेका छन् ।

कार्यक्रममा बढैयाताल गाउँपालिकामा शिक्षा क्षेत्रमा विद्यालयहरूमा नैतिक शिक्षाको पठनरूपाठन प्रभावकारी हुन नसकेको । जीवन उपयोगी शिक्षा पाउनबाट बञ्चित रहेको । विद्यार्थी अनुपातमा शिक्षक नभएको , स्वच्छ खानेपानीको व्यवस्थामा नभएको । अभिभावक, विद्यार्थी र शिक्षकबीच अन्र्तक्रिया हुन नसकेको लगायतका शिक्षा क्षेत्रका समस्या समाधानकालागि योजना निर्माण गरिएका छन् ।

यसैगरी स्वास्थ्य बिमा प्रभावकारी नभएको, स्वास्थ्य चौकीका निशुल्क औषधि पाउन नसकेको र किसान प्रोत्साहान कार्यक्रम प्रभावकारी नभएको , उपभोतmा हित सङ्रक्षण समिति गठन नभएको लगायतका समस्या समाधान गर्न योजना निर्माण गरिएको मानव अधिकार समूहका संयोजक हरिबहादुर घर्तीले बताउनु भयो ।

इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै  सवाल पहिचानका र योजना निर्माणमा सहजिकरण गर्नु भएको थियो ।

 

मानबादुर चौधरी