मानव अधिकार समूहद्वारा गाँउपालिकामा ज्ञापनपत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) द्वारा कोशी गाउँपालिका गठित मानव अधिकार समूहले आठ बुँदे मागसहितको ज्ञापनपत्र मङ्सिर १६ गते गाँउपालिकामा बुझाएको छ ।
इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजना अन्तरगत मानव अधिकार समूहले शिक्षा,स्वास्थ्य,खाद्य र आवासलगायतका अधिकारका विषयलाई सम्बोधन गर्न माग गर्दै गाँउपालिकामा ज्ञापनपत्र बुझाएको हो ।
समूहले कोशी गाँउपालिकाको लौकही, हरीपुर, भण्टाबारी र कोशी व्यारेज बजार क्षेत्रमा खाद्य वस्तु विक्रि अव्यवस्थित भएको र मिसावटयुक्त विक्रि गरेको गुनासो आएकाले नियमित अनुगमन गर्नुपर्ने माग गरेको छ ।
गुणस्तरीय शिक्षाका लागि विद्यालयसगैं मदर्सामा समेत विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, कृषि, पशु , शिक्षा र स्वास्थ्य संस्थामा अनुगमन गरी जवाफदेहिता बन्न समूहले गाँउपालिकालाई आग्रह गरेको छ ।
कोशी गाउँपालिकाका कृषकहरूलाई रासायनिक मल, उन्नत जातको बिउविजन समयमा उपलब्ध गराउनुपर्ने, माटो सुहाउदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्ने, कोशी गाँउपालिका ४ श्रीपुरमा रहेको सुकुम्बासीका लागि वितरण गरिएको ४० विघा जग्गा छुट्याएर सम्बन्धीत सुकुम्बासीलाई दिन पहल गर्नुपर्ने, सुकुम्बासी विपन्न, दलित समुदायको आवासको अधिकार अन्तरर्गत गाउँपालिकाले तथ्यांक संकलन गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा समेटिएको छ ।
भाण्टाबारी खानेपानी र कोशी गाँउपालिका ५ को आधारभुत स्वास्थ्य केन्द्र भवन संचालनमा ल्याउनुपर्ने माग गरेको मानव अधिकार समूहका सचिव विष्णुकुमार यादवले बताउनु भयो ।
सामुदायिक विद्यालयसगैं मदर्शाका छात्राका लागि समेत स्यानेटरी प्याडको व्यवस्था गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको समूह अध्यक्ष अनिता उराँवले बताउनु भयो ।
मानव अधिकार समूहले शिक्षा,स्वास्थ्य,खाद्य र आवासका सवालहरूलाई पहिचान गरी गाँउपालिका अध्यक्ष ऐयुव अन्सारीलाई ज्ञापनपत्र बुझाएको इन्सेक सहजकर्ता जयकृष्ण यादवले बताउनु भयो ।
जयकृष्ण यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव…
इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…