मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण

  ०७६ माघ २० गते

मानव अधिकार समूह छेडागाड र शिवालयद्वारा शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवाससँग सम्बन्धित समस्याको पहिचान गरी कार्ययोजना निर्माण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक जाजरकोट र मानव अधिकार समूहको आयोजनामा माघ १९ गते छेडागाड नपामा र माघ १८ गते शिवालय गाउँपालिकामा सरोकारवाला निकायबीच आयोजित कार्यक्रममा सवाल पहिचान गरी कार्ययोजना निर्माण गरिएको हो ।

कार्यक्रममा शिवालय गाउँपालिका अन्तर्गतका मानव अधिकार समूहका प्रतिनिधिले विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको, स्वच्छ खानेपानीको व्यवस्था नभएको, अभिभावक, विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया हुन नसकेको । विद्यालयहरूमा सम्बन्धित निकायबाट अनुगमन हुन नसकेको । विद्यालय व्यवस्थापन समिति सक्रिय नभएको । विद्यालयमा शैक्षिक सामाग्रीको प्रयाप्त मात्रामा व्यवस्था हुन नसकेको लगायतका समस्या पहिचान गरेका छन् ।

त्यसैगरी स्वास्थ्य बिमा प्रभावकारी नभएको, सेवाग्राहीले निशुल्क औषधि पाउन नसकेको, उपभोक्ता हित संरक्षण समिति गठन हुन नसकेको, कृषि क्षेत्रमा मल, बिउ, सिचाई लगायतका समस्या पहिचान गरिएको मानव अधिकार समूहका संयोजक जंग बहादुर शाहीले बताउनु भयो । पहिचान गरिएका समस्या समाधानकालागि स्थानीय स्तरमा पहल गर्ने समेत शाहीले बताउनु भयो ।

त्यसैगरी छेडागाड नपामा विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको, स्वच्छ खानेपानीको व्यवस्था नभएको, अभिभावक, विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया हुन नसकेको, विद्यालयमा सम्बन्धित निकायबाट अनुगमन हुन नसकेको समस्या पहिचान गरिएको छ ।

त्यसैगरी विद्यालय व्यवस्थापन समिति सक्रिय नभएको, विद्यालयमा कोर्स अनुसारको पठनपाठन हुन नसकेको लगायत समस्या पहिचान गरिएका छन् भने स्वास्थ्य बिमा प्रभावकारी नभएको, सेवाग्राहीले निशुल्क औषधि पाउन नसकेको, उपभोक्ता हित संरक्षण समिति गठन हुन नसकेको र खाद्यान्नको चरम अभाव हुने गरेको, गाउँमा खाद्य डिपो स्थापना हुन नसकेको र नगरपालिका भित्र रहेको बादी समुदायका केही घरपरिवार आफ्नो घरबार नहुँदा अरुकै घरमा भाडा लिएर बस्नु पर्ने तथा कोही घरपरिवार जङ्गलमा छाप्रो हालेर बस्नु पर्ने जस्ता समस्या पहिचान गरिएको मानव अधिकार समूह छेडागाड नपाकी सचिव हरिकला खत्रीले बताउनु भयो ।

साथै सचिव खत्रीले पहिचान गरिएका समस्यालाई कार्ययोजना बनाइएको र कार्ययोजना अनुसार समस्या समाधानका लागि नगरपालिका तथा सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया गर्दै समाधान गर्ने समेत बताउनु भयो ।

इन्सेक जाजरकोटका जिल्ला प्रतिनिधि दिनेश कुमार श्रेष्ठले सहजीकरण गर्नु भएको कार्यक्रममा शिक्षक, मानव अधिकार समूह, कृषक, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

meeting (3) meeting (2)

 

दिनेश कुमार श्रेष्ठ