मानव अधिकार सचेतना सम्बन्धी कार्ययोजना तयार

  ०७६ माघ २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको इएलपी परियोजना अन्तरगत गठित मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सवालमा कार्ययोजना तयार गरेको जनाएको छ ।

सल्यानको शारदा नपामा माघ २० गते सम्पन्न भएको समस्या पहिचान तथा समाधानका विषयमा छलफल गर्न आयोजना गरिएको कार्यक्रमले कार्ययोजना तयार गरेको हो । समुदायका स्थानीय समस्या सूचीकरण गरी ती समस्या समाधानका लागि कार्ययोजना तयार गरिएको इएलपी परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

निशुल्क शिक्षा भनेपनि शारदा नगरपालिका भित्रका केही विद्यालयमा विद्यार्थीले शुल्क तिर्न नसकेर बिचमा पढाइ छाड्नु परेको, समान काम गरेपनि लैंगिक भिन्नताका आधारमा महिलाहरूले असमान ज्याला पाउने गरेको, अखाद्य बस्तु बजारमा बिक्री वितरण भई रहँदा पनि बजार अनुगमन नगरेको र भुमि विहीनका सवालका विषय समाधान गर्न कार्ययोजना तयार पारिएको उहाँले बताउनुभयो ।

सो अवसरमा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले मानव अधिकारको स्वतन्त्र रुपले बाँच्न पाउने अधिकार, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शिक्षा, स्वास्थ्य लगायतको अधिकारको विषयमा जानकारी दिनुभयो । उहाँले अझैपनि जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना दिनानुदिन बढ्दै गई रहेको अवस्थामा मानव अधिकार समूहले अधिकार स्थापित गर्न मद्दत पु¥याउने बताउनुभयो ।

इएलपी कार्यक्रमलाई सघाउन गठित शारदा नगर स्तरीय मानव अधिकार समूहका संयोजक मुना हमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न सवाल पहिचान गरि समावेश गरिएको ध्यानाकर्षण पत्र नगर प्रमुखलाई बुझाउने भएको छ । मानव अधिकार समूहको कार्ययोजना निर्माण कार्यक्रममा समूहका पदाधिकारीहरू, मानव अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
IMG_0449 IMG_0477 (1) IMG_0509 (1)

मिना बुढाथोकी