मानव अधिकार वर्ष पुस्तक -२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम पुस ८ गते बेसीशहरमा सम्पन्न भएको छ ।
विगतका वर्षहरूमा झै वर्ष पुस्तक प्रकाशनको पूर्व तयारीका लागि गरिएको समीक्षा कार्यक्रम जिल्लामा महिला माथि यौन दुर्व्यवहार र घरेलु हिंसाका घटनाहरू बढेको पाइयो ।
जनवरी २०२० देखि १५ डिसेम्बर सम्म लमजुङमा ३६ ओटा मानव अधिकार उल्लड्घन र ज्यादतीका घटनाहरूको अभिलेखिकरण गरिएको छ ।
अभिलेख गरिएका घटनाहरू मध्ये राज्य पक्षबाट एक ओटा गिरफ्तारी, गैराराज्य पक्षबाट १७ ओटा यौन दुर्व्यवहार, हत्या दुई ओटा, कथित बोक्सीको आरोप एक, कुटपिट एक र १४ ओटा घरेलु हिंसाका घटनाहरू रहेका छन् ।
कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मानव अधिकारकोे सुरक्षाका लागि राज्य चनाखो हुँदाहुदै पनि यदाकदा घटनाहरू भइरहेकोले यसको न्यूनिकरणमा सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगाबहादुर थापाले जिल्लामा कुनै पनि मानव अधिकार हननका घटना हुन नदिन प्रहरी सम्वेदनशिल रहेको र विशेष गरेर महिलामाथि हुने घटनाहरूमा प्रहरी धेरै नै सचेत रहेको बताउनुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीले प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा पत्रकार एवंम नागरिक समाजका प्रतिनिधि कृष्ण केसीले अध्यक्षता रहेको थियो ।
कार्यक्रममा जिल्लाका नागरिक समाज पत्रकार, सरकारी कार्यलयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
दलबहादुर मजाकोटी
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव…
इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…