मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

  ०७६ असार १७ गते

इन्सेक बर्दियाको आयोजनामा असार १६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजित महराले पीडितहरूको मुद्दामा उजुरी दर्तापछि थप प्रमाण खोजीको लागि प्रहरीलाई नागरिक तहबाट सूचना दिएर सहयोग गर्न आग्रह गरे

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अध्यक्ष राजेन्द्रप्रसाद धितालले समाजमा हुने सबै खाले मानव अधिकार विरूद्धको घटना न्यूनीकरणमा राजनीतिक पार्टीहरू पूर्ण रूपमा जिम्मेवार हुन पर्नेमा जोड दिए ।

इन्सेक जिल्ला प्रतिनिधि मानबहादुर चौधरीले ६ महिनाको अवधिमा परिवारजनबाट महिलाको हत्याका चार ओटा, महिला बलात्कारका ११ ओटा, बालिका बलात्कारका १६ ओटा, बेचबिखन तथा ओसारपसारका तीन ओटा, बहुविवाहका चार ओटा, र बालविवाहको एउटा गरी ४३ ओटा घटना प्रस्तुत गरेका थिए ।

photo20190702bardiya (1)

photo20190702bardiya (2)

photo20190702bardiya (3)

मानबहादुर चौधरी