मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न
इन्सेकको अयोजनामा मङ्सिर ३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेकका साधारण सदस्य घनश्याम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओलीले सन् २०१८ जनवरी देखि हालसम्म सङ्कलन गरेका २४ ओटा घटनाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सहभागिहरूले गाउँ गाउँमा लुकेका र दबाइएका घटनाहरू पुस्तकमा समावेश गर्नुपर्ने, जघन्य अपराधका घटनामा मिलापत्र भएका घटना पनि समावेश हुनुपर्ने, शिक्षा, स्वास्थ्य तथा मौलिक हकसम्बन्धी नागरिकको आवश्यकता परिपूर्ति नभएका घटनाहरू पनि समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।
माधवकुमार ओली
सम्बन्धित इन्सेक गतिविधिहरू
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक…
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…