मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको सम्पादन भेला सुरू

  ०७४ पुस १९ गते

इन्सेक क्षेत्रीय कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको वार्षिक सम्पादन भेला धनगढीमा पुस १९ गते सुरू भएको छ ।

Photo20180103Kailali

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व प्रदेश नम्बर ७ का नौ ओटा जिल्लाका प्रतिवेदनलाई अन्तिम रूप दिन भेलाको आयोजना गरिएको प्रलेख अधिकृत कृष्णबहादुर बिकले बताए ।

इन्सेक क्षेत्रीय कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सङ्कलन गर्दा घटनाका बारेमा स्पष्ट भएर सङ्कलन तथा सम्पादन गर्नु पर्ने बताए । उनले आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारका घटनालाई पनि समेट्न सुझाव दिए ।

इन्सेक केन्द्रिय कार्यालय मानव अधिकार प्रलेख तथा प्रसार विभागका गोविन्द त्रिपाठीले वर्षपुस्तकमा प्रकाशन गरिने घटनाका आवश्यक विवरणहरू नछुटोस भन्ने उद्धेश्यले भेलाको आयोजना गरिएको बताए ।

इन्सेक क्षेत्रीय कार्यालय, धनगढी