मानव अधिकार र सुशासनका लागि समन्वय तथा सहकार्य विषयक अन्तरक्रिया सम्पन्न

  ०७६ असार १७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार र सुशासनका लागि प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य विषयक अन्तरक्रिया असार १६ गते धनगढीमा सम्पन्न गरेको छ ।

photo20190702Kailali (3)

कार्यक्रममा इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले राज्यको  संरचना अनुसार तीन वटै तहमा सुशासन कायम गर्न निजी क्षेत्र, नागरिक समाज र राज्यको समन्वयको खाँचो रहेको बताए ।

उनले राज्यका तीन प्रमुख अङ्ग न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकार र स्थानीय तहले एक आपसमा समन्वय गरेर जनताले सरकार भएको महसुस गर्न सक्ने नीति तथा कार्यक्रम ल्याउनु आवश्यक भएको बताए ।

photo20190702Kailali (4)

शिक्षा बिज्ञ डा.हेमराज पन्तले नेपालको विकास क्रमसँगै भ्रष्टाचार मौलाउँदै गएको बताउँदै राज्यले निर्माण गरेका नीतिहरूको प्रभावकारी कार्यान्वयन नभएका कारण नै भ्रष्टाचार तथा बेथिति बढेको बताए ।

photo20190702Kailali (5)

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले समन्वय नभएको कारण मन्त्रीहरूले आफ्नो गृह जिल्लाहरूमा मात्र बजेट ल्याउने र त्यसको सदुपयोग समेत नभएको बताए ।

सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले सङ्घीय सरकार र स्थानीय तहबीच समन्वय गर्न प्रदेश सरकारको महत्वपुर्ण भुमिका रहने बताउँदै संविधानमा उल्लेख भएका सहअस्तित्व, समन्वय र सहकार्यको सिद्धान्तलाई आत्मसात गर्न आवश्यक भएको बताए ।

photo20190702Kailali (2)

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले राज्यमा अहिले तीन ओटा सरकार रहेको र तीनै ओटा सरकार आफैँमा स्वयत्त रहेको बताउँदै मानव अधिकार अरूमा र सुशासन आफूमा खोज्न आवश्यक रहेको बताए । उनले मानव अधिकारको संरक्षण र संबर्द्धन गर्न प्रदेश सरकार तत्पर रहेको समेत बताए ।

photo20190702Kailali (1)

मैनामोती चौधरी