मानव अधिकार रक्षाका लागि राज्य प्रतिबद्ध हुनु आवश्यक – सरोकारवाला

   ०७६ माघ ८ गते

मानव अधिकार रक्षाका लागि राज्य प्रतिवद्ध हुुनु पर्ने सरोकारवालाहरूले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मानव अधिकार समूह अर्जुनधारा र मानव अधिकार समूह बुद्धशान्तिले सयुक्त रूपमा माघ ८ गते आयोजना गरेको स्थानीय तह,पत्रकार,सामाजिक अभियान्ता र महिला अधिकारकर्मीहरूसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा मानव अधिकार रक्षाका लागि राज्य प्रतिवद्ध हुनुपर्ने सरोकारवालाहरूले बताएका हुन् ।

कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले ‘संविधानमा लेखिएका मौलिक हकमा रोक लगाए मानव अधिकारको उल्लङ्घन हुने बताउनुभयो । उहाँले अर्जुनधारा नगरपालिकाले जनताको बस्न पाउने अधिकारको रक्षा गर्न,प्रदेश सरकारको सहकार्यमा अर्जुनधाराका–.१,३ र ५ मा सामुहिक आवास निमार्ण गरिने प्रतिवद्धता गर्नुभयो । आवास निमार्ण गर्न ५० लाख विनियोजन समेत गरिसकेको बताउनुभयो ।

अधिवक्ता तथा अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले स्थानीय तहले मानवअधिकार रक्षा गर्न संविधानमा भएका मौलिक हकको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । भट्टराईले अधिकारकर्मीहरुलाई मौलिक हकका विषयमा चासो दिन आग्रह गर्दै भन्नु भयो ‘संविधानले मौलिकको प्रत्याभूति गरेकोले अधिकारकर्मीहरुले पनि मौलिक हकका विषयमा चासो राख्नुपर्छ ।’ साथै सामाजिक सद्भावका नाममा मानव अधिकारका विषय अघि नबढ्ने खतरा रहेकोमा चिन्तासमेत व्यक्त गर्नु भयो ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का प्रदेश १ का इन्चार्ज दिपिन राईले मानव अधिकारका विषय सधै शिरोपर गरेर जानुपर्ने बताउनु भयो । वर्तमान संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएकोले मानवअधिकारको रक्षा गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार समूह बुद्धशान्तिकी अध्यक्ष तथा कार्यक्रमकी सभापति देवकुमारी शेर्माले स्थानीय तहले मानवअधिकार विषयमा पर्याप्त चासो नदेखाएकोमा गुनासो गर्नुभयो ।

नरेश खाती