मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतद्वारा गठित कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक मङ्सिर १० गते वीरेन्द्रनगरमा सम्पन्न भयो ।
बैठकले अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने महिला हिंसा बिरूद्धको अभियान विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
बैठकमा कोभिड १९ ले सञ्चारकर्मी, सञ्चार माध्यममा पारेको प्रभावको विषयमा मिडिया सम्वाद, शिक्षा, स्वास्थ्य तथा खाद्यको अधिकारमा पारेको प्रभाव र कर्णाली प्रदेशमा मानव अधिकारका विभिन्न पक्षहरूको वास्तविक स्थितीको चित्रण गर्ने खालको कार्यक्रम गर्नुे निर्णय गरेको छ । साथै सार्वजनिक सरोकारको विषयमा सबै नागरिक संस्थाहरू एकजुट भई जिल्ला बार एशोसिएसनको सहयोगमा सञ्जालले (पिआइएल) हाल्ने निर्णय गरेको छ ।
सञ्जालका संयोजक एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका पुर्व डिन पिताम्बर ढकालको अध्यक्षतामा बसेको बैठकमा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले नागरिक संस्था र मानव अधिकार रक्षकहरू एकजुट नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताउनु भयो ।
बैठकमा नागरिक संस्थाका प्रतिनिधी, कानुन व्यवसायी, मानव अधिकार रक्षक र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…
कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न
कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठि जनकपुरधाममा माघ २९ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा माघ २९ गते…
इन्सेकद्वारा शैक्षिक सामग्री प्रदान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले वीरेन्द्रनगर नपा– १२ स्थित अम्मर ज्योति नमूना माविमा अध्ययनरत अविभवाक विहिन २० जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बाल अधिकारमैत्री वातावरण प्रबद्र्धन…