मानव अधिकार रक्षक र नागरिक समाजसँग छलफल कार्यक्रम सम्पन्न

  ०७६ मङ्सिर ९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा मानव अधिकार संरक्षण सम्बद्र्धन (पारस्परिक जबाफदेहिता) परियोजना अन्तर्गत मानव अधिकार रक्षक र नागरिक समाजसँग छलफल कार्यक्रम मङ्सिर ९ गते वीरेन्द्रनगरमा सम्पन्न भयो ।

असोज महिनादेखि शुरु भएको पारस्परिक जबाफदेहिता परियोजनाको जानकारी दिने तथा जिल्लाको समग्र मानव अधिकारको अवस्था बारेमा जानकारी लिने उद्देश्यले आयोजित कार्यक्रममा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले परियोजनाको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा इन्सेकका मानव अधिकार अधिकृत टिकाप्रसाद अवस्थीले पारस्परिक जबाफदेहिता परियोजनाको रुपरेखा, कार्य क्षेत्र र अवधि, सान्दर्भिकता र औचित्य, सञ्चालन विधि, उद्देश्य, योजना गरिएका क्रियाकलाप र अपेक्षित प्रतिफलको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

छलफलमा सहभागी मानव अधिकार रक्षक तथा नागरिक समाजका प्रतिनिधिहरूले जिल्लामा जातीय विभेद, लैङ्गिक हिंसा, शिक्षा, स्वास्थ्य, खाद्य, आवास, अपाङ्गता भएका नागरिकहरूको समस्याप्रति राज्यको उदासिनता, समान ज्याला, आवास, सवारी साधनको प्रदुषण, लागुऔषध, बढदो आत्महत्या बालविवाह, सरकारी कार्यालयहरूको ढिलासुस्ती र प्रजनन् अधिकार जस्ता मानव अधिकारका सवालहरू रहेको उल्लेख गरेका थिए ।

छलफलमा उठाइएका समग्र मानव अधिकारका विषयवस्तुलाई परियोजनाको उद्देश्य तथा कार्यक्षेत्र अनुरुप समेट्दै प्राथमिकताका आधारमा समाधान गर्नेतर्फ इन्सेक प्रतिबद्ध भई लाग्ने संयोजक सुवेदीले बताउनुभयो ।

photo20191125surkhet (1)

photo20191125surkhet (2)

photo20191125surkhet (3)

photo20191125surkhet (4)

दुर्गा थापा