मानव अधिकार रक्षकहरूको संरक्षणका लागि विशेष समिति बनाउने प्रतिवद्धता
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले मानव अधिकार रक्षकहरूको संरक्षणका लागि प्रदेश सभामा विशेष समिति बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर २२ गते वीरेन्दनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरूको संरक्षण सम्वधर्नमा प्रदेश सरकारको भूमिका विषयक कार्यशालामा बोल्दै सभामुख शाहीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।
सभामुख शाहीले मानव अधिकारकर्मीहरूको अधिकार संरक्षणका लागि प्रदेश सभामार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउने चर्चा गर्दै आम नागरिकहरूले सुरक्षा अनुभुति हुने गरी कानुन निमार्ण गर्न प्रदेश सभा लागि परेको उल्लेख गर्नु भयो ।
‘मानव अधिकारको संरक्षण, सम्वर्धन तथा यस क्षत्रको सवाल सम्बोधनका लागि प्रदेश सभामा सहभागी राजनीतिक दलसँग छलफल गरेर विशेष समिति बनाउने सोचमा छु’ सभामुख शाहीले भन्नुभयो ।
कर्णाली प्रदेश सभाका सदस्य राजु नेपालीले अर्काको अधिकारको बारेमा बोल्ने मानव अधिकार रक्षकहरूको संरक्षण नभएसम्म मानव अधिकारको संरक्षण सम्वद्र्धन हुन नसक्ने उल्लेख गर्दै मानव अधिकार रक्षकहरूको अधिकार संरक्षण हुने कानुन निमार्ण गर्न प्रदेश सरकार तयार रहेको बताउनु भयो ।
कर्णाली प्रदेशका मुख्य न्यायधिवक्ता विद्याभुषण मानन्धरले मानव अधिकार रक्षकहरूको संरक्षण सम्वर्धन गर्ने प्रमुख दायित्व राज्यको भएकाले मानव अधिकारमैत्री कानुन निमार्ण गर्नेतर्फ कर्णाली प्रदेश सभाप्रविद्ध भएर लाग्नु पर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले संघिय सरकारको आँखा नपुगेको र स्थानीय तहको पहुँचमा नरहेका कानुन निमार्ण गर्ने दायित्व प्रदेश सरकारको रहेको बताउदै जनताले प्रदेश सरकारसँग अपेक्षा गरे अनुरूपको कानुन निमार्ण गर्न कर्णाली प्रदेश सरकार लाग्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रमको उद्देश्य प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले अर्काको अधिकारको बारेमा आवाज उठाउँदा जोखिमा पर्ने गरेका मानव अधिकार रक्षकहरूको अधिकार संरक्षण गर्ने प्रमुख दायित्व राज्यको रहेको बताउनु भयो ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्व विद्यालय मानविकी संकायका सहायक डिन कमलेश डिसी, मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष पिताम्बर ढकाल, उच्च बार एसोसियशनका अध्यक्ष उत्तम आचार्य, मप विश्वविद्यालयका उपप्रध्यापक ललितजङ्ग शाही, दलित गैर सरकारी संस्था महासंघका उपमहासचिव सञ्जुसिं विक, सचिव नारायण विक, महिला अधिकारकर्मी मधुरानी ढकाल, सितलासिं राठौर, समिना बानु लगायतले धारणा राख्नु भएको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…