मानव अधिकार रक्षकहरु जोखिममा रहेको निष्कर्ष

  ०७७ भादौ २६ गते

मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि पैरबी गर्ने रक्षकहरु नै जोखिममा रहेको एक कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेका छन् ।

डिसिएको आर्थिक सहयोगमा इन्सेक, बाजुराको आयोजनमा भदौ २६ गते सदरमुकाम मार्तडीमा आयोजना गरेको मानव अधिकार रक्षकहरुको सवलिकरण तथा जिल्ला स्तरीय सञ्जाल निर्माण अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले उक्त निष्कर्ष निकालेका हुन् ।

जिल्ला बार, बाजुराका अध्यक्ष गगन रावलले बिकास निमार्णमा हुने गरेको अनियमितता, सर्वसाधारणको फेक हाजिर बनाएर डोजरद्धारा काम गरेर बिल भौचर मिलान, स्थानीय तहले सम्पन्न गरेका परियोजनाको सार्वजनिकीकरण नगरी रकम फ¥यौट लगायतका सवालहरु जिल्लामा रहेका भए पनि मानव अधिकार रक्षकहरु सुरक्षित नभएकोले यस प्रकारका सवालहरु उठान हुन नसकेको बताउनु भयो ।

नेपाल पत्रकार महासघ, बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंहले वर्षातले सदरमुकाम जोडने सडक पहिरोले बन्द भएपछि जिल्लामा खाद्यन्न तथा दैनीक उपभोग्य सामानको हाहाकार भएको, कोल्टिमा जहाज उडान सेवा गरिएको भएपनि खाद्यन्न ढुवानी गर्नुको सट्टा मदिराजन्य पदार्थ ढुवानी ढुवानी हुँदै आएको,  कोभिडका नाममा स्थानीय तहले खर्च गरेको रकमको कुनै लेखाजोखा नै नभएको आरोप लगाउनु भयो ।

गैर सरकारी संस्था महासघ, बाजुराका अध्यक्ष अग्नीराज शाहीले जिल्लामा मानव अधिकार रक्षकहरुको सङ्ख्या न्युन रहेको बताउँदै दलित, महिला, बालबालिकाका सवालहरुलाई एकल रुपमा नभई साझा सवालका रुपमा लिएर साझा सञ्जाल निर्माण गरी बहस पैरवी गर्नु पर्ने बताउनु भयो ।

मानव अधिकारकर्मी कृष्ण अधिकारीले अहिलेको अवस्थामा सबै व्यक्तिले अधिकारको बारेमा बोल्न नसक्ने अवस्था रहेकोले र एकल रुपमा अधिकारको वकालत गर्दा चुनौतीहरु धेरै भएकोले सयुक्त रुपमा अगाडी बढनु पर्ने बताउनु भयो ।

अन्तरपार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष कल्पना साउदले  महिलाहरु विभिन्न क्षेत्रमा पछिपरेकोले महिला सशक्तिकरण आवश्यक रहेको बताउँदै महिलाहरुको सशक्तिकरणका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ, बाजुराका बरिष्ठ उपाध्यक्ष निमेन्द्र शाहीको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार रक्षक सञ्जालसमेत गठन गरिएको छ ।

यसैगरी इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार   जिल्लामा क्रियाशिल मानव अधिकारकर्मीहरुको भेलाले  भदौ २५ गते जिल्ला अदालत बार इकाई, डडेल्धुराका पुर्व अध्यक्ष अधिवक्ता बिष्णु भट्टको संयोजकत्वमा ११ सदस्यीय मानब अधिकार सञ्जाल गठन गरिएको छ ।

डीसीएको सहयोग तथा इन्सेक,डडेल्धुराद्वारा आयोजित मानव अधिकार रक्षकहरुको सवलीकरण र संरक्षण बिषयक कार्यशाला गोष्ठीका क्रममा सञ्जाल निर्माण गरिएको हो ।

सञ्जालमा पत्रकार राम धामी, उत्तर बिष्ट, बरुण पनेरु, हिक्मत सिंह, ममता भट्ट, अधिकारकर्मी धानादेवी जैरु, पदमा भण्डारी र सुन्दर जैरु सदस्य रहनु भएको छ भने सदस्य सचिवमा इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र बिष्ट रहनु भएको छ ।

नवगठित सञ्जालका अध्यक्ष भट्टले मानव अधिकार संरक्षणका लागि कृयासिल सबै अधिकारकर्मीहरुलाई समेटेर सञ्जालले मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि योगदान पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

photo20200911dadeldhura (1)

photo20200911dadeldhura (3)

पदमबहादर सिंह