मानव अधिकार रक्षकहरुलाई तालिम

  ०७७ असार २६ गते

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असार २६ गते भर्चुअल मार्फत मानव अधिकारको वकालतका बारेमा मानव अधिकार रक्षकहरुलाई तालिम सञ्चालन गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको मानव अधिकार सुदृढीकरणमा टेवा पुर्‍याउन र मानव अधिकार रक्षकहरुलाई मानव अधिकारका सवाल तथा वकालतका बारेमा सचेत बनाउने उद्देश्यले तालिम प्रदान गरिएको इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो ।

नागरिक संघ संस्था, अधिकारकर्मी र मानव अधिकार रक्षकहरुको संयुक्त पहलमा मानव अधिकारको प्रत्याभूतिका लागि सरोकारवालाई जवाफदेही बनाउन सकिने संयोजक सुवेदीले उल्लेख गर्नु भयो ।

२३ जना मानव अधिकार रक्षकहरुको सहभागिता रहेको तालिमको सहजीकरण अधिकारकर्मी सुशिल चौधरीले गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोम चौधरीले गर्नु भएको थियो ।

दुर्गा थापा