मानव अधिकार रक्षकहरुको सशक्तिकरण सम्बन्धमा अन्तरक्रिया सम्पन्न

  ०७७ साउन २१ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसीएको सहयोगमा जिल्लास्थित मानव अधिकार रक्षकहरुको सशक्तिकरण सम्बन्धमा साउन  २१ गते अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले सुदूरपश्चिम प्रदेशमा मानव अधिकार रक्षकहरुले पीडितहरुको पक्षमा काम गर्दा विभिन्न किसिमका समस्या झेल्नु पर्ने अवस्था रहेकोले मानव अधिकार रक्षकहरुको काम, कर्तव्य र जिम्मेवारी तथा सुरक्षाका लागि तयार गरिएको नमुुना विधेयक प्रदेश सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको बताउनु भयो ।

दलित महिला अधिकार मञ्चका अध्यक्ष साबित्रा घिमिरेले महिला हिंसा तथा यौनजन्य हिंसामा परेका महिला तथा बालबालिकाहरुको न्यायमा पहँुच पु¥याउन सहज होस भन्नका लागि गौरीगंगा नगरपालिकामा पनि नगरपालिकासँगको सहकार्यमा सेफ हाउस सञ्चालन गरिएको बताउनु भयो ।

ओरेक नेपाल, धनगढीका कार्यक्रम संयोजक गिता चौधरीले सेफ हाउसमा राखिएका पीडितहरुलाई बयान बदल्नका लागि दवाव आउने गरेको बताउँदै बलात्कारसँग सम्बन्धीत घटनाका मुद्दा दर्ता भएपनि प्रहरीको लापरवाहीका कारण लामो समयसम्म पनि आरोपितहरु गिरफ्तार हुन नसकेको बताउनु भयो ।

लकडाउनको अवधिमा जघन्य अपराधका मुद्दा पनि प्रहरीले मिलापत्रमै टुङ्ग्याउने गरेको सीविन नेपालका कार्यक्रम संयोजक हरीलाल चौधरीले बताउनु भयो ।

सोही कार्यक्रमा मानव अधिकार रक्षकहरुको अधिकारको संरक्षण गर्ने उद्धेश्यले मानव अधिकार क्षेत्रमा क्रियाशिल संघसस्थाहरुको प्रतिनिधित्व रहने गरी मानव अधिकारका लागि महिला, एकल महिलाका  कार्यक्रम संयोजक बेद अवस्थिको संयोजकत्वमा नौ सदस्यीय मानव अधिकार रक्षक सञ्जालसमेत गठन गरिएको छ ।

मैनामोती चौधरी