मानव अधिकार मैत्री नगर बनाउछौँः नगर प्रमुख

  ०७६ मङ्सिर ३ गते

अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले अमरगढी नगरपालिकालाई मानव अधिकार मैत्री नगर बनाउने प्रतिबद्वता जाहेर गरेका छन् ।

इन्सेक सुदूरपश्चि प्रदेश कार्यालय, धनगढीद्वारा मङ्सिर २ गते परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै नगर प्रमुख ओझाले सो प्रतिबिद्वता जाहेर गरेका हुन ।

उनले भने–‘मानव अधिकार समूहमार्फत नगरपालिका भित्रका विपन्न, गरिब, दलित, आदिवासी, जनजातीहरूलाई अधिकारबारे जानकार बनाउन नगरपालिकाले मानव अधिकार समूहलाई सहयोग गर्ने छ ।’

अमरगढी नगरपालिकाले आगामी दिनमा मानव अधिकार समुहसँग समन्वय गर्दै मानव अधिकार शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख ओझाले बताए ।

कार्यक्रममा बोल्दै इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले नगरपालिका भित्र रहेका सम्पुर्ण नागरिकहरूलाई मानव अधिकारको प्रत्याभुति गर्नुका साथै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयहरूलाई उठान गरी सम्बन्धी निकायको ध्यानाकर्षणसहित समस्या सामाधानका लागि पहल गरिने बताए ।

कार्यक्रममा इन्सेकले युवाका विषयहरूलाई लिएर युवा सञ्जाल गठन गरी कार्यक्रमहरू सञ्चालन गरिरहेको र बालबालिकाहरूको अधिकारका लागि बाल अधिकार चेतना समूह गठन गरी कार्यक्रम सञ्चालन भइरहेको संयोजक जोशीले जानकारी गराएका थिए ।

मानव अधिकारका सवाललाई प्राथमीकताका साथ उठान गर्ने नवगठित मानव अधिकार समूहका अध्यक्ष सुनिता गैरेले बताइन् ।

साथै, उनले मानव अधिकारका साथ साथै शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा नगर भित्रका सम्पुर्ण नागरिकहरूलाई सचेत गर्नसमेत पहल गर्ने अध्यक्ष गैरेले बताइन् ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत मङ्सिर २ गते जिल्ला सदरमुकाममा सुनिता गैरेको अध्यक्षतामा गठन भएको मानव अधिकार समूहको सचिवमा प्रकाश भाट र सदस्यहरूमा हर्कासिंह बम, ममता भट्ट, दिपा ओझा, हरिबहादुर साहु, जमुना दमाई, किसोरी धामी र पदमा भण्डारी रहेका छन ।

photo20191119dadeldhura (1)

photo20191119dadeldhura (2)

photo20191119dadeldhura (3)

photo20191119dadeldhura (4)

भुपेन्द्र बिष्ट