मानव अधिकार निगरानी समूह र जनप्रतिनिधिबिच समीक्षा कार्यक्रम सम्पन्न

  ०७६ असार २० गते

गढी गाउँपालिका–२ औरावनीमा असार १९ गते मानव अधिकार निगरानी समूह र जनप्रतिनिधिबिच समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार संरक्षणको विषयलाई प्रथामिकता दिनु पर्नेमा जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा भएको समीक्षामा गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरीले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार संरक्षण गर्न आफू सधैँ लागि पर्ने प्रतिवद्घता जनाउँदै आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्वसम्बन्धी आवश्यक व्यवस्था गर्ने जिम्मेवारी सरकारको भएको बताइन् ।

गाउँपालिकाका पदाधिकारी, मानव अधिकार निगरानी समूहका अध्यक्ष युवराज चौधरी, शिक्षा शाखा प्रमुख छवि पाण्डे, स्वास्थ्य शाखा प्रमुख गजेन्द्र यादव लगायतले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताए ।

कार्यक्रममा मानव अधिकार निगरानी समूह, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थीलगायत ३० जनाको सहभागिता रहेको थियो ।

समीक्षाका क्रममा इन्सेकले शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका विषयमा स्थानीय सरकारलाई जागरूक बनाई सो अधिकारको कार्यान्यन गर्न सरोकारवालालाई दबाब सिर्जना गर्ने इन्सेककी कार्यक्रम अधिकृत बाग्मती कट्टेलले बताइन् ।

photo20190705sunsari (1)

photo20190705sunsari (2)

photo20190705sunsari (3)

जयकृष्ण यादव