मानव अधिकार निगरानी समूह गठन

  ०७६ कात्तिक ११ गते

मानव अधिकारका मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको कात्तिक ८ गते उदयपुरमा परिचयात्मक तथा मानव अधिकार निगरानी समूह गठन कार्यक्रम सम्पन्न भएको छ ।

संविधानले सुनिश्चित गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारलाई स्थापित गराउने लक्ष्यकासाथ इन्सेकले इएलपी परियोजना जिल्लाको बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा यस वर्षदेखि तीन वर्षका लागि सञ्चालन गरेको हो ।

कार्यक्रममा बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले सबै अधिकार सबैको पहुँचमा हुनु पर्नेमा जोड दिए ।

गास, बास, आवास, शिक्षा र स्वास्थ्य अधिकारलाई संविधानले सुनिश्चित गरेको हुँदा कार्यान्वयन गर्ने काम स्थानीय सरकारको दायित्व रहेको उनको भनाई छ ।

मानव अधिकार संरक्षण, सम्बद्र्धनमा इन्सेकको भूमिका अहम् रहेको बताउँदै उनले बेलका नगरपालिकाका हरेक गतिविधि, विकासका कामहरू मानव अधिकारमैत्री रहेको बताए ।

कार्यक्रममा बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टराईले मानव अधिकारमैत्री शासन व्यवस्था लागु गर्न नगरपालिका तत्पर रहेको उल्लेख गर्दै सहकार्यमा जोड दिए ।

कार्यक्रमको उद्देश्यमाथि इन्सेक प्रदेश १ की कार्यक्रम अधिकृत वागमती कट्टेलले प्रकाश पारेकी थिइन् । सोही कार्यक्रममा बालकुमार राईको अध्यक्षतामा १९ सदस्य मानव अधिकार निगरानी समूहसमेत गठन गरिएको छ ।

समूहको उपाध्यक्षमा जयराम पुर्वछाने मगर, सचिवमा सुमन खतिवडा, सहसचिवमा विदुर दाहाल र कोषाध्यक्षमा देविमाया घतानी रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा इन्द्रदेव मरिक, ज्योती चौधरी, सिता राई, दिपक बिक, सावित्रीमाया मगर, सविना माझी, सुमन राई, चम्फा राई रहेको परियोजनाका जिल्ला सहजकर्ता क्वीन्सी राईले जानकारी दिइन् । बाँकी ६ जना सदस्य बैठकबाट निर्णय लिई मनोनित गरिने उनले बताइन् ।

photo20191028udayapur (1)

photo20191028udayapur (2)

photo20191028udayapur (3)

photo20191028udayapur (4)

photo20191028udayapur (5)

भरत खड्का