मानव अधिकार निगरानी समूह, जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि क्षमता अभिवृद्धि तालिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम धनुषाको लालगढमा साउन २५ गते सकिएको छ । तालिम साउन २४ गते सुरू गरिएको थियो ।
क्षीरेश्वरनाथ नगरपालिकामा कियोस परियोजना अन्तर्गत इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूह, नगरपालिका जनप्रतिनिधि तथा सरोकारवालाहरू सहभागी तालिममा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी स्थानीय समस्याको पहिचान र समाधानका उपाय तथा जनप्रतिनिधिको भूमिका विषयमा छलफल गरी कार्ययोजना तयार गर्ने उद्देश्य रहेको छ ।
तालिमको उद्घाटन सत्रमा क्षीरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पञ्जियारले सम्बोधन गर्दै इन्सेकले यस नगरपालिकालाई कार्यक्रमको लागि छनौट गरेकोमा धन्यवाद दिँदै यस्ता तालिमले जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए ।
उनले यस तालिमबाट जनप्रतिनिधि र मानव अधिकारको सम्बन्ध बारे जानकारी प्राप्त भई नगरपालिकाले अगामी दिनहरुमा संचालन गर्ने विभिन्न योजना, समाजिक परिचालन र क्षमता अभिवृद्धिसम्बन्धी क्रियाकलापहरुमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मेयर पञ्जियारले स्थानीय स्तरमा देखिएका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा पहिचान भएका समस्या र समाधानका उपायहरू उपर छलफल भई नगरपालिकाले त्यस क्षेत्रमा गर्नु पर्ने कामहरू गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्षीरेश्वरनाथ नगरपालिकाकी उपमेयर रचना माथेमाले स्थानीय न्यायिक समितिको काम, कर्तव्य र अधिकार बाहेक यस तालिमबाट शिक्षा, स्वास्थ्य र खाद्य अधिकार तथा मानव अधिकारका विषयवस्तुका बारेमा थप ज्ञान आर्जन हुने बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख वीरबहादुर बुढामगरले नागरिकको अधिकार संरक्षण गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै मानव अधिकारको संरक्षण, सम्मान र परिपूर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएको बताए ।
उनले मानव अधिकार अवधारणा र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका स्थानीय सबाल र समाधानका लागि जनप्रतिनिधिको भूमिका विषयमा सहजिकरण गरेका थिए ।
साथै नेपालको संविधानमा मौलिक हकसम्बन्धी व्यवस्था लगायतका विषयहरुमा समेत बुढामगरले सहजिकरण गरेका थिए ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार जनताका अधारभूत अधिकार भएको उल्लेख गर्दै यि नागरिकका अधिकारहरू प्रत्याभूत गराउनु राज्यको प्रमुख दायित्व भएको बताए ।
यसका लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने उद्देश्यका साथ क्षीरेश्रनाथ नगरपालिकामा कियोस परियोजना संचालन गरिएकोले यसमा सबैको समन्वय र सहकार्यमा उनले जोड दिए ।
अजयकुमार साह
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
कृषिमा बजेट बढाउने प्रतिबद्धता
लेकवेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस २७ गते लेकवेशी नपामा आयोजना गरेको कृषकहरूको…
शिक्षाका सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २७ गते विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयमा शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेकद्वारा गठित बिष्णुपुर गाउँपालिकास्तरीय मानव अधिकार निगरानी…