मानव अधिकार कार्यशाला सम्पन्न

  ०७५ माघ २२ गते

कलेजमा अध्यनरत विद्यार्थीहरुलाई मानव अधिकार शिक्षा प्रदान गर्ने उद्देश्यले “युवा मानव अधिकार विषयक” कार्यशाला इन्सेक र युथ एड्भोकेसी नेपालको संयुक्त आयोजनामा मदन भण्डारी मेमोरियल कलेज, अनामनगरमा माघ २२ गते सम्पन्न गरिएको छ ।

इन्सेक प्रदेश ३ कार्यालयका संयोजक कृष्ण गौतमले युवाहरू मानव अधिकारको आन्दोलनमा सक्रिय रूपले लाग्नुपर्ने बताए ।

कार्यक्रममा मानव धिकारको अवधारणा, यसको विकासक्रम, यसका सिद्धान्त, संवैधानिक तथा कानुनी प्रावधानलगायतको विषयमा विनय कार्की र तिर्थराज कोइरालाले जानकारी गराएका थिए ।

कार्यशालामा सहभागी विद्यार्थीहरूले मानव अधिकारसँग सम्बन्धित विषयमा थप प्रष्टताका लागि जिज्ञासा राखेका थिए ।

मदन भण्डारी मेमोरियल कलेजका शिक्षक सुदिप लामाले विद्यार्थीहरूलाई मानव अधिकारका विषयमा सक्रिय रूपले सहभागी हुनुपर्ने बताए ।

अनलाइन डेस्क