मानव अधिकारमैत्री व्यवहार विषयक अनुशिक्षण सम्पन्न

  ०७६ माघ १६ गते

इन्सेक कर्णाली प्रदेश, कार्यालय सुर्खेतको आयोजनामा युवा विद्यार्थीका लागि मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार विषयक एक दिने अनुशिक्षण कार्यक्रम माघ १६ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
अनुशिक्षण कार्यक्रममा अम्मरज्योति नमुना मावि नेवारेमा कक्षा ११ र १२ मा अध्ययनरत ३९ जना विद्यार्थी सहभागि भएका थिए ।

मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका सहायक डिन कमलेश डिसीले मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार तथा इन्सेक सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले सामाजिक उत्तरदायित्वको विषयमा सहजीकरण गरेका थिए ।

युवाहरूलाई मानव अधिकार शिक्षाको विषयमा सचेतीकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवारमा मानव अधिकारमैत्री संस्कारको विकास गरी उनीहरूलाई मानव अधिकार संरक्षण सम्बद्र्धनमा समर्पित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रमको उदघाटन गर्दै प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार संस्कृतिका विषयमा युवाहरू सचेत भए समग्र मानव अधिकारको संरक्षण सम्बद्र्धनमा टेवा पुग्ने बताउनु भयो ।

यसैबीच मानव अधिकारको सिद्धान्त तथा मानव अधिकारमैत्री व्यवहारलाई सुदृढीकरण गरी विद्यालयमा मानव अधिकार संस्कृतिको विकास गर्न जवेन्द्र शाहीको संयोजकत्वमा १३ सदस्यीय युवा मानव अधिकार समूह गठन गरिएको छ । समूहको सदस्यमा रत्ना बिक, विनिता शाही, पुष्पा न्यौपाने, हिरा खड्का, आरति सिं, अम्मरबहादुर बिक, ललितजङ्ग शाह, जीवन खत्री, नमराज कार्की, अर्जुन अधिकारी, गणेश लामिछाने र मञ्जु अधिकारी रहेका छन् ।

कार्यक्रममा सो माविका शिक्षक दीपेन्द्र विष्टको पनि उपस्थिति रहेको थियो ।

Surkhet 20200130_090556

दुर्गा थापा