इन्सेक गतिविधि

०७५ मङ्सिर १२ गते

मानव अधिकारमूखि विकास अवधारणा तथा स्थानीय सुशासन विषयक कार्यशाला सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तहका कर्मचारीहरूका लागि मानव अधिकारमूखि विकास अवधारणा तथा स्थानीय सुशासन विषयक दुई दिने कार्यशाला मङ्सिर १२ गते धनगढीमा सम्पन्न गरिएको छ ।

मङ्सिर ११ गते सुरू भएको कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय संयोजक खडकराज जोशीले कार्य सम्पादन गर्ने क्रममा मानव अधिकारमूखि अवधारणा अभ्यास गर्न र सफल बनाउन स्थानीय तहका कर्मचारीहरूको महत्चपुर्ण भूमिका रहेको बताए ।

कार्याशालामा मानव अधिकार र विकासको अवधारणा, कार्यालय व्यवस्थापन तथा कुशल प्रशासन, परिवर्तन तथा सहभागितामुलक व्यवस्थापन, स्थानीय तहमा सुशासन, सामाजिक समावेशीकरण, सार्वजनिक उत्तरदायित्व र स्थानीय तहमा प्रभावकारी सेवा प्रवाहसम्बन्धी विषयमा प्राध्यापक डा. हेमराज पन्त, सुदुरपश्चिम प्रदेशका मुख्य सचिव नारायाणप्रसाद बिडारी, अधिवक्ता पुष्पविक्रम शाही र इन्सेक सुदुरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले सहजीकरण गरेका थिए ।

कार्याशालामा सहभागी पञ्चदेवल विनायक नगरपालिका, अछामका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले कर्मचारीहरूका लागि विषयवस्तु उपयोगी रहेको बताउँदै यहि विषयवस्तु बारे स्थानीय तहका नेतृत्व गर्ने जनप्रतिनिधिहरूलाई पनि जानकारी गराउन सके स्थानीय तहमा सुशासन कायम गर्न र मानव अधिकारमैत्री सेवा प्रदान गर्न सकिने धारणा राखेका थिए ।

photo20181128kailali (1)

photo20181128kailali (2)

रविना चौधरी

इन्सेक गतिविधिहरू

पीडितलाई न्याय र पीडकलाई सजाय दिनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा सन २०१८ मा सङ्कलित ....

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय सिन्धुलीको आयोजनामा सन....

स्थानीय सरकासँग सहकार्य र निगरानीका लागि आग्रह

विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्न र जनअपेक्षाका साथै कानुनी भावना अनु....

मानव अधिकारमूखि विकास अवधारणा तथा स्थानीय सुशासन विषयक कार्यशाला सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आ....

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा मङ्सिर १० गते जनकपुरम....






Top