मानव अधिकारको सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्नुहोस्ः इन्सेक अध्यक्ष श्रेष्ठ

  ०७६ पुस १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले मानव अधिकार वर्ष पुस्तकको महत्वलाई बुझेर अभिलेख गर्न जिल्ला प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को गण्डकी प्रदेशका सम्पादन भेलामा बोल्दै अध्यक्ष श्रेष्ठले

इन्सेक जिल्ला प्रतिनिधिहरू मानव अधिकार उल्लङ्घनका हरेक विषयलाई उजागर गर्ने र सचेत गराउने काममा क्रियाशील हुनुपर्ने बताउनुभयो ।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वर्ष पुस्तकको गरिमा र महत्व छुट्टै छ । यहाँहरूको काम कति महत्वपूर्ण छ भनेर मनन् गर्नुहोला ’–उहाँले भन्नुभयो–‘सबै मानव अधिकार उल्लङ्घनका घटनालाई हाम्रो अभिलेखमा समेट्नुपर्दछ ।’ उहाँले मानव अधिकारको सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।

इन्सेक अर्थ तथा प्रशासन प्रमुख प्रेम पराजुलीले मानव अधिकार वर्ष पुस्तकमा कुनै पनि अभिलेखमा त्रुटी नहोस् भन्नका लागि सम्पादन भेलाको आयोजना गरिँदै आएको बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश शिव खकुरेलले न्यायिक समिति र स्थानीय सरकारसँग नजिक रहेर काम गर्न आग्रह गर्नुभयो ।

इन्सेक केन्द्रीय कार्यालय, काठमाडौँका गोबिन्द त्रिपाठीले जिल्ला प्रतिनिधिहरूले घटनाको पुर्ण विवरण ल्याउन ध्यान दिनु पर्ने बताउनु भयो ।

इन्सेक केन्द्रीय कार्यालय काठमाडौँका रमेशप्रसाद तिमल्सिनाले जिल्ला प्रतिनिधिहरूले पीडितलाई भेटेरै मात्रै घटना सङ्कलन गर्नुपर्ने र अध्यावधिक गर्नुपर्ने बताउनु भयो ।

जिल्ला प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व समीक्षा कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिबाट प्राप्त सुझावहरू प्रस्तुत गरेका थिए ।

photo20200101kaski (1)

photo20200101kaski (2)

photo20200101kaski (3)

सुशन घिमिरे