मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि प्रतिबद्ध छौँः नगर प्रमुख पौडेल
जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले सम्वृद्ध समाज निर्माणको लागि मानव अधिकारको संरक्षण र सम्वर्द्धन हुनु आवश्यक रहेको बताउदैँ यसप्रति आफू प्रतिबद्ध रहेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले जैमिनी नगरपालिकामा मङ्सिर २ गते आयोजना गरेको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रमुख पौडेलले जैमिनी नगरपालिकामा हुने मानव अधिकार हनन्का घटना न्यूनिकरण गर्नको लागि, नगरपालिकाको तर्फबाट सञ्चालित कार्यक्रम र योजनाहरू मानव अधिकारमैत्री बनाउन इन्सेकले गठन गरेको मानव अधिकार समूह सहयोगी हुने बताए ।
नगरपालिकाकी उपप्रमुख लिला रानाले मानव अधिकार समूहलाई नगरपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा मात्र नभएर सबै प्रकारका मानव अधिकारका विषयवस्तु माथि जागरण र चेतना ल्याउने काम गर्न आग्रह गरेकी छन् ।
उनले इन्सेकले ल्याएको परियोजनालाई सफल पार्नको लागि जैमिनी नगरपालिकाको तर्फबाट सहयोग गरिने बताएकी छन् ।
सो कार्यक्रममा १३ सदस्यीय मानव अधिकार समूहसमेत गठन गरिएको छ । समूहको सदस्यमा खगेश्वरी शर्मा, सरिता थापा, लालमाया बिक, भेषराज ढकाल, कृष्ण हमाल, राजेश नेपाली, किरण शर्मा, लालहरी अधिकारी, ठगेन्द्र थापा, यनु थापा, धनबहादुर माझी, कोपिला छन्त्याल र मैनुदिन मिया रहेका छन् ।
मानव अधिकार संरक्षण र सम्वर्द्धनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धिको लागि मानव अधिकार समूहले काम गर्ने समूहका सदस्यहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।
आगामी बैठकबाट समूहका सदस्यहरू बिचमा कार्य विभाजन गर्ने सदस्यहरूले बताएका छन् ।
सिर्जना पन्त
संबंधित इन्सेक गतिविधिहरू
विद्यालयहरू अपाङ्गमैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो
राप्ती सोनारी गाउँपालिकामा रहेका विद्यालयहरू अपाङ्ग मैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जले मङ्सिर १९ गते आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र…
मानव अधिकार संरक्षणका सवालमा प्रतिबद्ध रहेको जनप्रतिनिधिहरूको भनाइ
छेडागाड नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षण गर्ने यहाँका जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् । इन्सेक जाजरकोटको आयोजनामा मङ्सिर १९ गते छेडागाड नगरपालिकाको मनघाटमा सम्पन्न मानव अधिकारको अवस्था र…
मिथिला नपामा १५ सदस्यीय मानव अधिकार समूह गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजना तथा मिथिला नगरपालिको समन्वयमा मङ्सिर १९ गते स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाअन्तर्गत सिताराम महतोको अध्यक्षतामा…
मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग समन्वय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीहरूसँग मङ्सिर १९ गते धनगढीमा समन्वय बैठक सम्पन्न गरिएको छ । समन्वय बैठकमा इन्सेक सुदूरपश्चिम प्रदेश, धनगढीका…
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको सन्दर्भमा बाल अधिकारसम्बन्धी अभिमुखीकरण
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको सन्दर्भ पारेर इन्सेक रूपन्देही र सशक्तिकरण नेपालले कालिका मानव ज्ञान माध्यमिक विद्यालय कानुन सङ्कायका विद्यार्थीहरूका लागि मानव अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अधिकार र…