मानव अधिकारको संरक्षण, प्रवर्धन र विकासमा जिम्मेवार भएको जनप्रतिनिधिको भनाई

  ०७६ कात्तिक २६ गते

छेडागाड नगरपालिकाकी उपमेयर सरिता वलीले सामाजिक कुसंस्कार, बालविवाह, जातीय विभेद हटाउन पहल गर्ने र मानव अधिकारको संरक्षण, प्रवर्धन र विकासमा सदैव जिम्मेवार भई लाग्ने बताइन् ।

इन्सेक जाजरकोटद्वारा कात्तिक २५ गते छेडागाड नपा—१२, मनाघाटमा आयोजित परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै उपमेयर वलीले नगरमा रहेका जनतालाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका बारेमा सचेत गराउन परियोजनाले भुमिका खेल्नेमा आफूले विश्वास लिएको बताइन् ।

कार्यक्रममा नन्दबहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय मानव अधिकार समूह समेत गठन गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका कार्यक्रम संयोजक दिलबहादुर चौधरीले जानकारी दिए ।

समूहको उपाध्यक्षमा बीरबहादुर नेपाली, सचिवमा हरीकला खत्री, सह–सचिवमा जया बस्नेत, कोषाध्यक्षमा निर्मला तिरुवा र सदस्यहरूमा धनसिंह थापा, कर्णबहादुर नेपाली, रामबहादुर शाही, प्रेमराज पुन, गोरख तिरुवा, खडकबहादुर खत्री, धर्मलाल वली, कलिका चँदारा, प्रेमबहादुर नेपाली र कमला बिक रहेका छन् ।

Photo20191112Jajarkot01

Photo20191112Jajarkot02

दिनेशकुमार श्रेष्ठ