मानव अधिकारको संरक्षणका लागि सहयोग तथा सहकार्य गर्न तयार छौँः अध्यक्ष शाही

  ०७६ कात्तिक ३० गते

शिवालय गाउँपालिका–३, ऐरेलीमा कात्तिक २९ गते गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले समाजमा घरेलु हिंसा, जातीय लैङ्गिक विभेद, बाल हिंसा, सामाजिक कुरीति, अन्धविश्वास जस्ता मानव अधिकार उल्लङ्घनका घटनाहरू व्याप्त रहेको भएपनि बाहिर सार्वजनिक नहुने अवस्था रहेको बताए ।

अध्यक्ष शाहीले समाजमा घट्ने मानव अधिकार उल्लङ्घनका घटना न्युनिकरणका लागि गठित मानव अधिकार समूहले शसक्त भुमिका खेल्नुपर्ने र त्यसमा गाउँपालिकाको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्वता जनाए ।

कार्यक्रममा जङ्गबहादुर शाहीको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ । गठित समूहका अन्य पदाधिकारीहरूमा सचिवमा गजेन्द्र रोकाय, कोषाध्यक्ष कृष्ण खत्री रेग्मी रहेका छन् ।

सदस्यहरूमा शेरबहादुर बादी, विवे बिक, प्रतिक्षा नेपाली, सर्मा थापा बुढा, कविता सोनी रहेका छन् । बाँकी तीन जना सदस्य केही दिनपछि मनोनयन गर्ने समूहका अध्यक्ष शाहीले बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटले आयोजना गरेको परियोजनाको परिचय तथा मानव अधिकार समूह गठन कार्यक्रममा सो समूह गठन गरिएको हो ।

यसअघि छेडागाड नगरपालिकामा पनि कात्तिक २५ गते मानव अधिकार समूह गठन गरिएको थियो । यि मानव अधिकार समूहले स्थानीय स्तरमा समग्र मानव अधिकार संरक्षण र सम्बर्द्धनका क्षेत्रमा काम गर्ने समूहका अध्यक्षहरूले बताएका छन् ।

photo20191116jajarkot1

photo20191116jajarkot2

photo20191116jajarkot3

photo20191116jajarkot4

दिनेशकुमार श्रेष्ठ