मानव अधिकारको प्रत्याभूति हुने गरी कानुन निमार्णमा जोड

  ०७७असार १५ गते

वीरेन्द्रनगर नगरपालिकाले मानव अधिकारको प्रत्याभूति हुनेगरी कानुन निमार्ण गर्नुपर्नेमा जोड दिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल बैठक मार्फत असार १४ गते आयोजना गरेको मानव अधिकारको सुदृढिकरणमा जनप्रतिनिधी र कर्मचारीहरुको भुमिका तथा दायित्व विषयक कार्यशालामा सहभागीहरुले सो कुरामा जोड दिएका हुन ।

कार्यक्रममा वीरेन्द्रनगर नपाकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाले लकडाउनको समयमा पनि इन्सेकले वीरेन्द्रनगर नपाको मानवअधिकार सुदृढिकरणका लागि भर्चुअल मार्फत नपासँग नियमित सहकार्य गर्दै आएको प्रति खुशी व्यक्त गर्नु भयो । आगामी दिनमा पनि इन्सेकसँग सहकार्य र समन्वय गरी नगरवासीलाई मानव अधिकारको प्रत्याभुति हुने गरी कानुन कार्यान्वयनमा लागि पर्ने प्रमुख प्रशासकीय अधिकृत ढकालले उल्लेख गर्नु भयो ।

वीरेन्द्रनगर नपाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले मानवअधिकार मैत्री कानुन निमार्ण गर्नेतर्फ वीरेन्द्रनगर नपा प्रयासरत रहेको चर्चा गर्दै समानुपातिक सहभागिता र समावेशिताको आधारमा कानुन निमार्ण गरिने बताउनुभयो ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक ललितजङ्ग शाहीले मानवअधिकार सुदृढिकरणका लागि वीरेन्द्रनगर नपाको मानव अधिकारका अवस्था र सवाल विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

इन्सेक केन्द्रीय कार्यालय पैरवी विभागका प्रमुख सम्झा श्रेष्ठले नौ ठूला महासन्धी, राष्ट्रिय कानुनहरुको आधार तथा स्थानीय जनताका आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेर कानुन निमार्ण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।

वीरेन्द्रनगर नपाका जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रमको उद्देश्य इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बताउनुभएको थियो ।

Photo20200630 Surkhet

दुर्गा थापा