मानव अधिकारको अवस्थाका बारेमा पर्साका सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल

  ०७५ मङ्सिर ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र प्रदेश २ को संयुक्त टोलीले मङ्सिर ४ गते वीरगञ्जमा सरोकारवाला निकायसँग भेटघाट गरी मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया गरेको छ ।

photo20181122parsa (1)

इन्सेक केन्द्रीय कार्यालयका सम्झा श्रेष्ठको नेतृत्वमा रहेको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकाल, वीरगञ्ज कारागार र स्थानीय अधिकारकर्मीहरूसँग भेटगरी मानव अधिकारको अवस्थाको बारेमा छलफल गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले मानव अधिकारका विभिन्न पक्षहरूको बारेमा पर्सा जिल्लाको समग्र अवस्थाको बारेमा चर्चा गरेका थिए ।

photo20181122parsa (2)

उनले आर्थिक, सामाजिक, सांस्कृति, शिक्षा, स्वास्थ, खाद्य, सामुदायिक अन्तरघुलन, बालश्रमलगायत मानव अधिकारको अवस्थाको बारेमा उल्लेख गर्दै अधिकारको उपभोगको वातताबरण बनाउन आफ्नो तर्फबाट भएका कामहरूको बारेमा जानकारी गराएका थिए ।

उनले मानव अधिकारको अवस्था बहाल गराउनका लागि स्थानीय तहहरूले पनि प्रयास गरिरहेको बताए । आफ्नो तर्फबाट शान्ति सुरक्षाको अवस्था बनाई राख्न र अधिकारको उपभोगको वातावरण बनाई राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

photo20181122parsa (3)

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले पर्सामा अपराधको प्रवृत्तिका बारेमा जानकारी गराएका थिए ।

टोलीले वीरगञ्ज कारागारका निमित्त प्रमुख दीपक यादवसँग पनि कारगारको भौतिक अवस्था र कैदीबन्दीको अवस्था स्थितिका बारेमा छलफल गरेको थियो ।

त्यसैगरी अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकार सङ्घ संस्थामा आबद्ध अधिकारकर्मीहरूसँग पनि टोलीले होटेल कुमु प्यालेसमा अन्तरक्रिया गरेको थियो ।

त्यस क्रममा पर्साको समग्र मानव अधिकारको अवस्था तुलानात्मक रूपमा सुधार रहेको उनीहरूले बताएका थिए ।

केसी लामिछाने