मानव अधिकारका सवालमा स्थानीय तहका नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढी र गौरीगंग नगर स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी स्थानीय तहको नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाई फागुन १९ गते गौरीगंगा नगरपालिमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले नागरिकहरुको मौलिक अधिकार शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारमा नागरिकहरुको पहुँच पु¥याउन र स्थानीय तहको नीति तथा कार्यान्वयनको अवस्था विश्लेषणका लागि कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
गौरीगंगा नगरपालिकाका प्रमुख भिम देउवाले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालहरुलाई सम्बोधन गर्नका लागि नीति निर्माण गरिएको र नागरिकको आवसको अधिकारको ग्यारेण्टी गर्न जनता आवास कार्यक्रम अन्तर्गत आवास विहिनहरुका लागि घर निमार्ण गर्ने बताउनु भयो ।
गौरीगंगा नगरपालिका शिक्षा शाखा प्रमुख हरिस पन्तले दुरदराजका विद्यार्थीहरुको शिक्षामा पहुँच पुर्याउन नगरपालिका अग्रसर रहेको बताउनु भयो ।
गौरीगंगा नगरपालिका कृषी शाखा प्रमुख दिवेद्र परियारले कृषि क्षेत्रमा युवाहरुको सकृयता बढाउन कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गुर्न पर्ने बताउनु भयो ।
स्थानीय विर्मादेवी सार्कीले निःशुल्क शिक्षा, स्वास्थ्य भनिएता पनि शुल्क तिरेर बच्चा पढाउनु परेको र महँगो शुल्क तिरेर उपचार गर्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
बालबालिकाको भविष्य सुनिश्चित गर्न ध्यानाकर्षण
बालबालिकाहरूको जीवन र भविष्य असुरक्षित भएको भन्दै मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले ०७७ चैत २९ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । इन्सेकद्वारा फागुन २४ गते गठित सञ्जालका संयोजक…
खानेपानी व्यवस्थापन गर्न मानव अधिकार समूहको ज्ञापन पत्र
सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा खानेपानीको चरम अभाव भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोट र मानव अधिकार समूहले जिल्ला प्रशासन कार्यालय, खाँडाचक्र नगरपालिका र वडा नम्वर १ को…
मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिए र सिसूको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम चैत २७ गते…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कालिञ्चोक गाउँपालिका–९ मा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत २३ गते सम्पन्न भयो । कार्यक्रमका सहभागीहरूले गाउँपालिकाले खाद्यको क्षेत्रमा लगानी नगरेको, नगदे बाली कार्यक्रमलाई…
मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकार रक्षकहरुको सबलीकरण कार्यक्रम अन्तरगत चैत २१ गते जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । जिल्ला बार इकाइका निवर्तमान अध्यक्ष अधिवक्ता…