मानव अधिकारका विषयलाई नियमित रूपमा आवाज उठाउनु आवस्यक
मानव अधिकारका विषयलाई नागरिक समाज तथा सञ्चारकर्मीहरूले नियमित रूपमा आवाज उठाउन आवस्यक रहेको इन्सेक केन्द्रीय कार्यलयका मानव अधिकार प्रलेख तथा पैरबी विभाग प्रमुख श्रीराम बजगाईँले बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जिल्लामा मानव अधिकार अवस्थाको बारेमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयमा मङ्सिर ९ गते विदुरमा भएको छलफलमा बजगाईँले सो कुरा बताउनु भएको हो ।
पीडित, समाज र सरकार एकजुट भएको खण्डमा अन्यायमा परेकालाई न्याय दिलाउन सहज हुने समेत बजगाईँले उल्लेख गर्नु भयो ।
साथै, कोभिड–१९ महामारीका कारण मानव अधिकारका सामान्य विषयहरू समेत ओझेलमा परेको उक्त कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडाअध्यक्ष टकलमान श्रेष्ठले जहाँ द्वन्द्व र विवाद हुन्छ त्यहाँ मानव अधिकार उल्लङ्घनका घटना हुने गरेको बताउनुभयो ।
उहाँले दश वर्षे सशस्त्र द्वन्द्वका समय अन्यायमा परेका नागरिकलाई प्रयाप्त प्रमाणको आधारमा न्याय दिलाउन नसकेको गुनासो वडा अध्यक्ष श्रेष्ठले गर्नुभएको छ ।
वडाअध्यक्ष श्रेष्ठले मानव अधिकार अन्तहीन यात्रा भएकोले क्रमशः अधिकारहरूलाई स्थापित गराउँदै लैजानेक्रममा स्थानीय सरकार रहेको बताउनुभयो ।
‘नागरिकका अधिकारहरूलाई एकैचोटी स्थापित गराउन स्रोत साधनको अभाव हुनसक्छ । तर, विस्तारै बढाउँदै भने लैजान सकिन्छ’ वडाअध्यक्ष श्रेष्ठले भन्नुभयो ।
साथै देश सङ्घीयतामा गएपछि नीति तथा कार्यक्रम, बजेट र सवालहरू बदलिएको र मानव अधिकार उल्लङ्घनका घटनामा समेत कमी आएको वडा अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
गैसस महासङ्घ बागमती प्रदेश समितिका सदस्य देवकी पौडेलले द्वन्द्व सकिएको लामो समय हुँदा पनि पीडितहरूले अझै न्याय नपाएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष कपिलदेव खनालले वर्ष पुस्तकलाई अझै प्रभावकारी बनाउन र विवतरणको क्षेत्र बढाउन समेत आग्रह गर्नुभयो ।
अध्यक्ष खनालले मानव अधिकारको जानकारी दिने रेडियो कार्यक्रमलाई जिल्लाका स्थानीय एफएम रेडियोहरूमा निशुल्क प्रसारण गराउन समेत पहल गर्ने बताउनुभयो ।
इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समेटेर हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ भने मानव अधिकार शिक्षा तथा प्रवर्धन र सम्बर्धनका लागि पैरबी कार्यक्रम पनि चलाउँदै आएको छ ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव…
इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…