मानव अधिकारकर्मी र मिडियाकर्मीहरूबिचको समन्वयको खाँचो

  ०७६ पूस ४ गते

मानव अधिकारकर्मी र मिडियाकर्मीहरूबिच समन्वयका खाँचो रहेको कार्यक्रमका सहभागिहरूले धारणा राखेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपागञ्ज र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा प्यूठानले पुस ४ गते आयोजना गरेको मिडिया साझेदारी बैठकमा सहभागिहरूले सो धारणा व्यक्त गरेका हुन् ।

जिल्लामा मिडियाकर्मी र मानव अधिकारकर्मीले नागरिको अधिकारको रक्षालगायत पीडितलाई न्याय पु¥याउन सहयोग गर्ने सिलशिला मा भौग्दै आएका चुनौती र समाधानको बारेमा गरिएको बैठकमा सञ्चारको कमीलाई भौतिक आक्रमण नभएता पनि समाचार लेखिसकेपछि समाचार रोक्ने र किन लेखेको जस्ता विषयमा धम्कीपूर्ण व्यवहार भोग्दै आएको पत्रकार महासङ्घ जिल्ला शाखा प्यूठानका सचिव बिजयसिंह भारतीले बताउनुभयो ।

मानव अधिकारको संरक्षण तथा संबर्द्धन गर्दा मानव अधिकारकर्मी र मिडियाकर्मी दुवै एकजुट भए आवाज उठाउँदा सम्बन्धित पक्षलाई दबाब पुग्ने काहुराष्ट्रका जिल्ला अध्यक्ष जगतनाथ पोख्रेलले बताउनुभयो ।

जिल्लामा मानव अधिकारकर्मी र मिडयाकर्मीबिच समन्वय र सहकार्यको आवश्यकता रहेको एमनेष्टि ३६ समूह प्यूठानका संयोजक झविन्द्र शर्माले बताउनुभयो ।

photo20191220pyuthan (1)

photo20191220pyuthan (2)

रविन्द्र पाण्डे