महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत मोटरसाइकल र्‍याली

  ०७४ मङ्सिर १२ गते

महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत रामेछापमा विभिन्न कार्यक्रम भएका छन् । 'लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौँ: कोहि नछुटौँ' भन्ने मुल नाराका साथ सुरू भएको १६ दिने अभियान अन्तर्गत जिल्ला सदरमुकाम मन्थलीलगायत अन्य ठाउँमा पनि चेतनामूलक कार्यक्रमहरू सञ्चालन भएका छन् ।

अभियान अन्तर्गत सदरमुकाम मन्थलीमा मङ्सिर १२ गते चेतनामूलक मोटरसाइकल र्‍याली निकालिएको छ । महिला हिंसा विरूद्धका चेतनामूलक व्यानर, प्लेकार्डसहित जिल्ला समन्वय समितिको कार्यालयबाट सुरू भएको र्‍याली आकाशे स्थित तामाकोसी पुलमा पुगरे पुन मन्थली बजार आई भैँसेश्वर, मच्छेडाडी हुँदै देवकोटा चोकमा आएर विर्सजन भएको थियो ।

महिला तथा बालकालिका कार्यालय मन्थली रामेछाको मुल आयोजाना तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रम इन्सेकलगायतका सामाजिक संस्थाहरूको समन्वयमा भएको हो ।

नवराज पथिक