भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी आयोगलाई : अध्यक्ष ज्ञवाली
भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी वर्तमान आयोगलाई प्राप्त भएको बताउनुभएकाे छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा भानु नगरपालिकाको संयोजनमा भानु नगरपालिकामा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाल्दै उहाँले साे कुरा बताउनुभयो ।
भूमिसम्बन्धी समस्या राष्ट्रको महत्वपूर्ण समस्या रहेको भन्दै ज्ञवालीले अब भविष्यमा पटकपटक आयोग नबन्ने गरी अहिले नै सबै समस्या समाधान हुने बताउनुभयो ।
विगतमा आयोग गठनमा त्रुटी भएको कारण अहिले सरकारले ऐन निर्माण गरी अधिकार सम्पन्न आयोग बनाएको भन्दै सरकार परिवर्तन भएपनि आयोग विघटन नहुने ज्ञवालीले प्रष्ट पार्नुभयो ।
भूमी र आवाससम्बन्धी अधिकार संविधानको मौलिक हकमा समेत समावेश भएको भन्दै उनले अब आयन्दा कसैले पनि भूमिहिन भएर बस्नु नपर्ने बताउनुभयो ।
वास्तविक भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई राज्यले निर्धारण गरेको जग्गा उपलब्ध गराउने भन्दै उनले कसैले ढाँटेर र छलेर जग्गा प्राप्ती गर्न खोज्छ भने त्यसलाई कानुनी कारवाही गरिने प्रष्ट पार्नुभयो ।
आयोगले नै गर्नुपर्ने यस्तो अन्तरक्रियात्मक कार्यक्रम इन्सेकले आयोजना गरेकोमा अध्यक्ष ज्ञवालीले इन्सेकलाई धन्यवाद समेत दिनुभयो ।
सो कार्यक्रमम भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विगतमा पनि धेरै आयोगहरू बनेको तर भूमिसम्बन्धी समस्या यथावत रहेको भन्दै अब भविष्यमा यस्ता समस्याहरू नदोहोरिने गरी काम गर्नुपर्ने बताउनुभयो ।
भानु नगरपालिकामा भूमिहिन, सुकुम्बासी र अव्यवस्थितहरूको समस्या सबैभन्दा ठुलो रहेको हुँदा सबै जनप्रतिनिधि, कर्मचारी र नगरवासीहरूले यो समस्या समाधान गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नगरपालिकाको तर्फबाट आयोगलाई सबैखाले सहयोग गर्ने प्रमुख गौलीले प्रतिबद्धता जनाउनुभयो ।
भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले अहिले स्थानीय तहमा लगत सङ्कलनको काम भइरहेको भन्दै वास्तविक भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले समयमै निर्धारित स्थानमा आफ्नो विवरण आयोगलाई उपलब्ध गराउनु पर्ने बताउनुभयो ।
यो आयोगले जसरी पनि भूमिहिनहरूलाई जग्गा उपलब्ध गराउने भन्दै रानाले सबैले आयोगलाई आफ्नो यथार्थ विवरण उपलब्ध गराएर सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले नगरपालिकामा भएको भूमिहिनहरूको समस्याको बारेमा जानकारी गराउनु भएको थियो ।
नगरपालिकामा सुरक्षित आवास कार्यक्रम अन्तर्गत २ सय ३१ घर निर्माण भएको, जनता आवास कार्यक्रम अन्तर्गत ३५ जना लाभग्राही छनौट भएको र त्यसमध्ये २८ जनाले तेश्रो किस्ता वापतको रकम लिएर आवास निर्माण गरिरहेको पाण्डेले जानकारी दिनुभयो ।
मानवअधिकार समूह भानुका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा भएको सो कार्यक्रममा भानु नगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर लामाले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले आवासको अधिकारको कार्यक्रमको बारेमा सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित भानु नगरवासीहरूले अहिले भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत भइरहेको लगत सङ्कलन कार्य र त्यससम्बन्धी विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
खानेपानी व्यवस्थापन गर्न मानव अधिकार समूहको ज्ञापन पत्र
सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा खानेपानीको चरम अभाव भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोट र मानव अधिकार समूहले जिल्ला प्रशासन कार्यालय, खाँडाचक्र नगरपालिका र वडा नम्वर १ को…
मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिए र सिसूको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम चैत २७ गते…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कालिञ्चोक गाउँपालिका–९ मा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत २३ गते सम्पन्न भयो । कार्यक्रमका सहभागीहरूले गाउँपालिकाले खाद्यको क्षेत्रमा लगानी नगरेको, नगदे बाली कार्यक्रमलाई…
मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकार रक्षकहरुको सबलीकरण कार्यक्रम अन्तरगत चैत २१ गते जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । जिल्ला बार इकाइका निवर्तमान अध्यक्ष अधिवक्ता…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह हेटौँडाको संयोजनमा चैत १९ गते आवसको अधिकारको विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भूमिसम्बन्धी समस्या समाधान…