भूकम्प पछिको राहत तथा पुनःनिर्माणको सवालमा सार्वजनिक सुनुावइ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुली र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा मङ्सिर ६ गते कमलामाई नगरपालिकाको भिमानमा भूकम्पपछिको राहत तथा पुनःनिर्माणको सवालमा सार्वजनिक सुनुावइ कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा भूकम्प पीडितका गुनासो सम्बोधन गर्दै कमलामाई नगरपालिका उपमेयर मञ्जु देवकोटाले पुसमा हुने परिषद्बाट बजेट नै छुट्याएर ऐलानी जग्गाको लगत लिने र स्थायी लालपूर्जा वितरणको लागि प्रक्रिया अगाडि बढाइने बताइन् ।
उनले लालपूर्जाको विषयमा प्रदेश तथा सङ्घीय सरकारसँग बहस भइसकेको र काम अगाडि बढाउन काम गर्ने सहमति बमोजिम काम गर्न लागिएको बताइन् । मापदण्ड अनुसार घर बनाएर किस्ता नपाएकाहरूले तत्काल पाउने गरी काम अगाडि बढाइने तथा सर्वेक्षणमा छुटेका नगरका वडाहरूमा पुनः सर्वेक्षण समेत गरिने उनले बताइन् ।
स्थानीय डोरप्रसाद सुवेदीले ऐलानी जग्गामा घर बनाएका पीडितले दोस्रो र तेस्रो किस्ता रकम पाउन नसकेको गुनासो गरेका छन् । उनले ऐलानी जग्गामा बसोबास गरेका पीडितले घर बनाउँदा पनि पैसा नपाउने र नबनाउँदा पनि राज्यले समस्यामा पारेको आरोप लगाए ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिलाई प्रश्न गर्दै अर्का सहभागी अम्बर भण्डारीले भने–‘ऐलानी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका हामी नेपाल सरकारका जनता हौँ ? या होइनौँ ? जबाफ चाहियो ।’
कार्यक्रममा गुनासो राख्दै विसं २०१८ सालदेखि ऐलानीमा बसोबास गरेका भिमानबासीलाई राज्यले नै उपेक्षा गरेको स्थानीय घनेन्द्र कार्कीले गुनासो गरेका छन् ।
निवृत शिक्षक समेत रहेका कार्कीले राज्यले नै बसोबासमा नागरिकलाई उपेक्षा गर्नुले मानव अधिकारको समेत हनन् भएको भन्दै बोलिदिनका लागि इन्सेकसमक्ष आग्रह गरे ।
कमलामाई नगरपालिका–९ का वडाध्यक्ष देवराज पौडेल र नगरपालिका–१० का वडाध्यक्ष रामहरी ढुङ्गेलले भूकम्प पीडितको राहत तथा पुनःनिर्माणको अवस्थाको बारेमा जानकारी दिँदै नागरिकका गुनासो सम्बोधन गर्न, पुनःनिर्माणमा सहजीकरण गर्न र लाभग्राहीको सूचीमा आएका लाभग्राहीको सम्झौता गर्न आपूmहरू तयार रहेको बताए ।
विमला पाण्डे
सम्बन्धित इन्सेक गतिविधिहरू
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…