भूकम्पपीडितको राहत तथा पुनर्निमाण विषयक सार्वजनिक सुनुवाइ सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले पुस ६ गते हेटौँडामा भूकम्पपीडितहरूको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका जिल्ला आयोजना कार्यान्वयन इकाई र भूकम्पीय आवास कार्यक्रमका सामाजिक विकास विशेषज्ञ इञ्जिनियर अञ्जय कँडेलले पुनर्निर्माण प्राधिकरणको तर्फबाट ५ सय ६६ भूकम्पपीडित र गैरसरकारी संस्थाको तर्फबाट ७ सय ७ भूकम्पपीडित गरी १ हजार २ सय ७३ जनाले घर बनाउन तेस्रो किस्ता बुझेर लगिसकेको बताए ।
इञ्जिनियर कँडेलले मकवानपुरमा ३१ हजार ८ सय १७ जना लाभग्राही रहेकोमा हालसम्म २३ हजार ५ सय ८० जना लाभग्राहीसँग मात्र अनुदान सम्झौता भएको बताए ।
सुरूमा मकवानपुरमा ३० हजार २ सय ३८ जना मात्र लाभग्राही थिए । गुनासो फर्स्यौटपछि १ हजार ५ सय ७९ लाभग्राही थपिएको इञ्जिनियर कँडेलले बताए ।
टिष्टुङ र आग्राका भूकम्पपीडितहरूको आवास भवन टिरयफण्डमार्फत राडो नेपालले निर्माण गरिरहेको छ । उक्त संस्थाले नै लाभग्राहीहरूसँग अनुदान सम्झौता गरेको छ ।
अधिकांश भूकम्पपीडितहरू ऐलानी जग्गामा बसोवास गर्दै आएकाले उनीहरूसँग घर बनाउनको निम्ति अनुदान सम्झौता हुन सकेको छैन ।
वर्षौँदेखि बसोवास गर्दै आएको घर/जमीन उनीहरूको नाममा नभएकाले भूकम्पपीडितहरूसँग सम्झौता हुन नसकेको जनाइएको छ ।
कार्यक्रममा सहरी विकास मन्त्रालय जिल्ला आयोजना कार्यान्वयन ईकाई मकवानपुरका प्रमुख सुदिप आचार्यले प्राविधिकहरू गाउँ/गाउँमा रहेको जानकारी गराए । "विगतमा प्राविधिकको अभाव थियो । अहिले छैन ।"-उनले भने ।
प्रताप विष्ट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलवस्तुमा फागुन २० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईको नेतृत्वमा १३…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकामा इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग, मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजना र गाउँपालिकाको समन्वयमा आवासको अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १८ गते सम्पन्न भएको छ ।…
आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १५ गते अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बहुमुखी क्याम्पसको सभाहलमा आवासको अधिकारका सम्बन्धमा सेवाग्राी र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित…
पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
डिसीए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कैलारी गाउँपालिकमा पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल फागुन २० गते गठन गरेको छ । मानव अधिकार संरक्षण,…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा बाणगङ्गा नगरपालिकामा फागुन २० गते शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको…