बाल विवाहले शिक्षा र स्वास्थ्यको अधिकार हनन् भयोः सरोकारवाला

  ०७६ कात्तिक १७ गते

जिल्लामा बाल विवाहले गर्दा शिक्षा, स्वास्थ्य लगायतका समस्या सृजना भएको सरोकारवालाले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुरू गरेको स्थानीय समुदायलाइ सचेत पार्दै जिम्मेवार निकायलाई सचेत बनाउने (इपीएल) परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठनका सहभागीहरूले यस्तो बताएका हुन् ।

कात्तिक १७ गते शारदा नगरपालिकाको खलङ्गामा गरिएको कार्यक्रमका सहभागीले बाल विवाहले गर्दा शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासमा प्रत्यक्ष असर परेको भन्दै यसलाइ न्युनिकरण गर्नुपर्ने बताएका छन् ।

कम उमेरमा विवाह गर्ने र पछि समस्या पर्ने भएकाले बाल विवाह न्युनिकरणमा भुमिका खेल्नुपर्ने शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले बताए ।

इन्सेकले ल्याएको नयाँ परियोजनामा आफ्नो पालिका छनौटमा परेकोमा खुशी व्यक्त गर्दै नगर प्रमुख शुरेस अधिकारीले धन्यवाद व्यक्त गरे ।

उनले यस परियोजनाले नगरपालिकाको मानव अधिकारको अवस्थालाई सुधार गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने–‘संविधानमा उल्लेख भएको अधिकारको विषय अन्तरगत शिक्षा,स्वास्थ्य,खाद्यान्न र आवासको अधिकारमा कुन ठाउँमा कमी कमजोरी देखिन्छ त्यसलाई समाधान गर्न हरपल तयार रहेको छु ।’

नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक सावित्रा बस्नेतले मानव अधिकार समूह गठन गर्दा सबै वडाबाट सहभागी गराउँदा समूह प्रभावकारी हुने बताइन् । उनले जनप्रतिनिधिसँगको सहकार्यमा कार्यक्रमलाई सफल बनाउन सकिने बताइन् ।

मानव अधिकारको क्षेत्रमा विभिन्न सङ्घसंस्थाले काम गरेपनि इन्सेकले गर्दै आएको काम एकदमै प्रशंसनीय रहेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताए ।

मानव अधिकारको क्षेत्रमा लामो समयदेखि मानव अधिकारको संरक्षण र प्रवर्धनमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताउँदै उनले मानव अधिकार उल्लङ्घनको अवस्थाको चित्रण गर्न इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले महत्वपुर्ण भुमिका खेलेको बताए ।

उनले संविधानमा मौलिक हकको रूपमा लिपिबद्ध रहेको स्वास्थ्य, शिक्षा, खाद्यान्न र आवासको अधिकार सुनिश्चित गरिएपनि व्यवहारिक रूपमा भने कमजोर रहेको बताउँदै अझैपनि बालबालिका पढ्न नपाएर बसेको, पढ्नकै लागि बालुवा चाल्नु पर्नेलगायतका काम गर्नुपर्ने भएकाले गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु परेको अवस्था, बाल विवाहलगायतको भयावह अवस्थालाइ न्युनिकरण गर्न यस नयाँ परियोजनाले भुमिका खेल्नु पर्ने बताए ।

शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बपालले इएलपी परियोजनाले उठान गरेको विषवस्तु सान्दर्भिक र संवेदनशील रहेको बताए ।

कार्यक्रममा मुना हमालको अध्यक्षतामा ११ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ । समूहको सदस्य सचिवमा शिव डाँगी रहेका छन् ।

सदस्यहरूमा शान्तीप्रभा पुरी, शिशिर न्यौपाने, पन्छी गन्दर्भ, तोरण बुढाथोकी, ओम गिरी, भवानी बुढाथोकी, शान्तबहादुर थापा, बाल बादी, भिमा कवर रहेका छन् ।

यस्तै नगर भित्रका सबै वडाबाट प्रतिनिधित्व गर्ने गरी सदस्य थप गरी १७ सदस्यीय समूह बनाइने अध्यक्ष हमालले बताइन् ।

photo20191103salyan (1)

photo20191103salyan (2)

photo20191103salyan (3)

photo20191103salyan (4)

photo20191103salyan (5)

photo20191103salyan (6)

मिना बुढाथोकी